बेइजिङ । चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्तीको मिति स्थगित गरिएको छ ।
राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि ढिलाइ गरिएको छ । यद्यपि, यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन ।
शेनझोउ–२० नामक मिसनअन्तर्गत रहेका ती तीन जना अन्तरिक्ष यात्रीहरू— टोलीका नेता चेन डोङ, लडाकू पाइलट चेन झोङरुई र इन्जिनियर वाङ्ग जी — गत अप्रिलमा तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा प्रस्थान गर्नुभएको थियो । अहिले उहाँहरूले आफ्नो करिब छ महिनाको कक्षीय मिशन पूरा गर्न लाग्नुभएको छ ।
यसैबीच, नयाँ टोली लिएर गएको शेनझोउ–२१ मिसन शनिबार सफलतापूर्वक तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा डक भएको छ । नयाँ टोलीले शेनझोउ–२० का अन्तरिक्ष यात्रीहरूको स्थान ग्रहण गर्नेछ ।
चीनले सन् २००३ मा पहिलो पटक आफ्ना नागरिकलाई अन्तरिक्षमा पठाएपछि निरन्तर प्रगति गर्दै आएको छ । आज चीनले आफ्नै स्थायी अन्तरिक्ष स्टेशन निर्माण गरी नियमित रूपमा मानवयुक्त मिशन सञ्चालन गरिरहेको छ । यससँगै, चिनियाँ अन्तरिक्ष निकायले सन् २०३० भित्र व्यक्तिलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य पनि तय गरेको छ ।
यो पछिल्लो ढिलाइलाई चिनियाँ अधिकारीहरूले सावधानीका रूपमा लिएका छन् । सम्भावित भग्नावशेषको प्रभावको सम्पूर्ण मूल्याङ्कन गरेपछि मात्र अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइने बताइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: