काठमाडौंं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले उत्कृष्ट सुरुवात गरे पनि जित हात पार्न सकेन । यो शृङ्खलामा नेपालको लगातार चौथो हार हो ।
यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा युएईसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
दुई सय ४० रनको लक्ष्य पछ्याएको युएईले ४९.५ ओभरमा छ विकेटको क्षतिमा २४३ रन बनाउँदै जित निकालेको हो । युएईका मुहमद साहददले १२३ बलमा ६ चौका र ३ छक्कासहित ९६ रन बनाएर जितको आधार तयार पारे । मुहमद वासिमले पनि ७६ रनको योगदान दिए । सोहिव खानले २९, कप्तान अलिसान सरफरुले १८ र हर्षित कौशिकले १३ रन जोडे ।
नेपालका करण केसीले तीन विकेट लिए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।
भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रनको योगदान दिए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपनर आशिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन जोडे ।
युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई–दुई विकेट लिँदा जाहिद अलले एक विकेट हात पारे । यस हारसँगै २० खेलबाट १२ अंक जोडेको नेपाल लिग तालिकामा सातौँ स्थानमै सीमित छ । विजेता युएईले समान खेलबाट १० अंक बनाएको छ। अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा रहँदा, स्कटल्यान्डले ३० अंकसहित दोस्रो र नेदरल्यान्ड्सले २८ अंकसहित तेस्रो स्थान ओगटेका छन् ।
त्यस्तै ओमान (२४), क्यानडा (२१) र नामिबिया (१९ अंक) क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । लिग–२ मा सहभागी आठ राष्ट्रले नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक टोलीले तीन शृङ्खला घरेलु मैदानमा र बाँकी छ शृङ्खला अन्य राष्ट्रमा खेल्नेछ ।
प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकपका लागि सोझै छनोट हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: