काठमाडौंं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले उत्कृष्ट सुरुवात गरे पनि जित हात पार्न सकेन । यो शृङ्खलामा नेपालको लगातार चौथो हार हो ।
यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा युएईसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
दुई सय ४० रनको लक्ष्य पछ्याएको युएईले ४९.५ ओभरमा छ विकेटको क्षतिमा २४३ रन बनाउँदै जित निकालेको हो । युएईका मुहमद साहददले १२३ बलमा ६ चौका र ३ छक्कासहित ९६ रन बनाएर जितको आधार तयार पारे । मुहमद वासिमले पनि ७६ रनको योगदान दिए । सोहिव खानले २९, कप्तान अलिसान सरफरुले १८ र हर्षित कौशिकले १३ रन जोडे ।
नेपालका करण केसीले तीन विकेट लिए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।
भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रनको योगदान दिए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७, ओपनर आशिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले १५ रन जोडे ।
युएईका ध्रुव परासर, जुनैद सिद्धीकी र मुहमद जवादुल्लाहले दुई–दुई विकेट लिँदा जाहिद अलले एक विकेट हात पारे । यस हारसँगै २० खेलबाट १२ अंक जोडेको नेपाल लिग तालिकामा सातौँ स्थानमै सीमित छ । विजेता युएईले समान खेलबाट १० अंक बनाएको छ। अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षस्थानमा रहँदा, स्कटल्यान्डले ३० अंकसहित दोस्रो र नेदरल्यान्ड्सले २८ अंकसहित तेस्रो स्थान ओगटेका छन् ।
त्यस्तै ओमान (२४), क्यानडा (२१) र नामिबिया (१९ अंक) क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । लिग–२ मा सहभागी आठ राष्ट्रले नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक टोलीले तीन शृङ्खला घरेलु मैदानमा र बाँकी छ शृङ्खला अन्य राष्ट्रमा खेल्नेछ ।
प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने एकदिवसीय विश्वकपका लागि सोझै छनोट हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: