चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ ।
दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिए । उनका अनुसार ठूलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किंदा संरक्षणमा चुनौती थपिएको हो ।
निकुञ्ज प्रशासन र सुरक्षा निकायले विसं २०७८ मा नियन्त्रणमा लिएका प्रजा कालिका नगरपालिका–११ का हुन् । त्यस्तै खाती हेटौँडा नगरपालिका–३ मकवानपुरका र मोक्तान राप्ती नगरपालिका–११ का हुन् । उनीहरूमध्ये प्रजा विसं २०७८ मा र मोक्तान र खाती विसं २०८० मा पक्राउ परेका संरक्षण अधिकृत डा पन्तले जनाउँदै तीनै जना अधिकतम सजाय १५ वर्ष कैदका लागि कारागार परेका उल्लेख गरे ।
अन्य फरार रहेकाहरू समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । सोहीअनुरुप निजहरूलाई पक्राउ गर्नका लागि सूचना सङ्कलन र सहजीकरणमा निकुञ्ज प्रशासन जुटेको छ भने सुरक्षा निकाय लागिरहेको डा पन्तले बताए ।
दुर्लभ एकसिङ्गे गैँडासहित वन्यजन्तु चोरीशिकारका मुख्य आरोपितहरूको सञ्जाल ठूलो हुने र फरार भएमा पक्राउ गर्न सास्ती हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले वन्यजन्तु अपराधका फरार कैदीबन्दी खोजीका लागि सम्बन्धित निकुञ्जले आवश्यक सहजीकरण गरिरहेका जनाउँदै सुरक्षा निकायको समन्वयमा निरन्तर खोजी भइरहेको बताए ।
यसैबीच, विभागको आन्तरिक रूपमा रहेको वन्यजन्तु अपराध नियन्त्रण सचिवालयको बैठक बिहीबार बस्दैछ । यससँगै केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको बैठक बस्ने तयारी गरिएको छ । विभागका महानिर्देशक संयोजक रहने उक्त ब्यूरोमा गृहसहित विभिन्न निकायका सहसचिवस्तरका अधिकारीहरू सदस्य रहने व्यवस्था छ ।
ढकालले राष्ट्रिय रूपमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै सबै निकुञ्जलाई पत्राचार गरी वन्यजन्तु अपराधमा केकति कैदीबन्दी फर्किएका छैनन् तथ्याङ्क सङ्कलन गरेर पठाउन भनिएको जानकारी दिए ।
कारागार कार्यालय भरतपुरका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट भागेका ७४३ मध्ये अझै १३५ कैदीबन्दी फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका जनाउँदै उनले वन्यजन्तु तस्करीमा ५३ जना कैदीबन्दी रहेका बताए । उनीहरूमध्ये ४६ जना दुर्लभ एकसिङ्गे गैँडाका आरोपी हुन् भने सात जना अन्य वन्यजन्तुसम्बन्धी अपराधका हुन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: