Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

अहिले महाधिवेशन हुँदैन, भोट माग्न सक्ने जनतामा जान्छन् नसक्ने जाँदैनन् : कृष्ण सिटौला

पार्टी विभाजनको कुरा उठाएकै महामन्त्रीहरूले हो, अभियानमा जानुपर्छ भन्ने के छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनलाई पार्टीको मुख्य केन्द्रबिन्दु बनाउनुपर्ने बताएका छन्। उनका अनुसार अहिलेको राजनीतिक संकटको समाधान निर्वाचनबाट मात्रै सम्भव छ।

सिटौलाका भनाइमा, पार्टीभित्र पनि अब चुनावमै जाने तयारी गर्नुपर्ने धारणा बलियो बन्दै गएको छ। उनले भने, “राष्ट्रपति रामचन्द्र पौडेलले मलाई भेटेर एक्लै कुरा गर्नुभयो। उहाँको कुरा सुन्दा पनि यो स्पष्ट हुन्छ कि यदि हामी निर्वाचनमा गएनौं भने मुलुक अझ ठूलो दुर्घटनातर्फ जान सक्छ। त्यसैले निर्वाचनमा जानु उपयुक्त देखिन्छ।”

उनले अदालतमा जारी मुद्दा र न्यायिक परीक्षणका विषयलाई अदालतकै जिम्मामा छोड्नुपर्ने बताउँदै, पार्टीले अब सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। सिटौलाले भने, “निर्वाचनमा जानुपर्ने भयो भने हाम्रासामु चार महिनाभन्दा बढी समय छैन। संगठन परिचालन, उम्मेदवार सिफारिस र चयन, संसदीय बोर्ड गठन, घोषणापत्र निर्माण जस्ता तयारीका लागि लामो समय लाग्छ। त्यसैले अहिलेको प्राथमिकता निर्वाचनमै सीमित हुनुपर्छ।”

विशेष महाधिवेशनको मागबारे बोल्दै उनले कार्यकाल सकिएको अवस्थामा त्यसको औचित्यबारे स्पष्ट छलफल हुनुपर्ने बताए। उनका अनुसार विशेष महाधिवेशन गर्ने वा नगर्ने निर्णय केन्द्रीय कार्यसमितिले नै गर्नुपर्छ। “अहिले त्यसबारे कुनै औपचारिक एजेन्डा नै बनेको छैन,” उनले स्पष्ट पारे।

सिटौलाले पार्टीभित्रको विभाजन र विशेष महाधिवेशनको अभियान महामन्त्रीहरूकै पहलमा उठेको दाबी गर्दै भने, “महामन्त्रीहरूले नै यो अभियान चलाएका हुन्। यदि उहाँहरूले चलाउनुभएको भएन भने अहिलेको स्थिति आउने थिएन।”

उनका अनुसार हालका महाधिवेशन प्रतिनिधिहरूले नै कार्यसमिति गठन गरेका भएकाले त्यही प्रतिनिधिहरूबाट विशेष महाधिवेशन हुँदा नयाँपन आउने सम्भावना पनि छैन। “ताजा जनादेश त यिनै प्रतिनिधिहरूले दिएका हुन्,” सिटौलाले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending