Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

एमालेले कसरी चयन गर्दैछ २१२७ महाधिवेशन प्रतिनिधि ?

खबरडबली संवाददाता

काठमाडौं । आफ्नो ११औँ महाधिवेशनका लागि प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषयमा नेकपा एमालेले मापदण्ड बनाएको छ। आगामी २७–२९ मंसिरमा काठमाडौँमा हुने एमाले महाधिवेशनमा २ हजार १ सय २७ प्रतिनिधि सहभागी हुँदै छन्।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार महाधिवेशन प्रतिनिधि चुन्ने विषयमा पार्टीले मातहतका कमिटीलाई अन्तर पार्टी निर्देशन (अपानि) पठाएको छ। 

जसमा पार्टी सदस्यताको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ।

‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरू खुलाएर मातहतका कमिटीमा पठाइएको छ’, डा. अधिकारीले भने, ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरूले लागु गर्ने छन्। यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज, पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ।’

एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहित ४६४ जना प्रतिनिधि रहनेछन्। जसअनुसार केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोग २९, निर्वाचन आयोग ३०, लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन्। यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेश सहित) का कमिटीहरूबाट कम्तीमा दुईजना महिलासहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ। यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १३५ जना प्रतिनिधि सहभागी हुनेछन्। जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एकजना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन्।

संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वबारे थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ, ‘न्यूनतमा १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने। सो भन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने।’

अपानिअनुसार स्वदेशका विशेष जिल्लाअन्तर्गत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिला सहित तीनजना निर्वाचित प्रतिनिधि रहनेछन् (सदस्य संख्या ८ ०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो संख्यामा कम्तीमा एकतिहाइ महिला सुनिश्चित गर्ने)। यसरी विशेष जिल्लाअन्तर्गत निर्वाचित प्रतिनिधि संख्या करिब ४७ जना रहनेछन्।

एमालेको महाधिवेशनमा दलित आरक्षणअन्तर्गतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन्। दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ।

श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। 

जसअनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीनजना महिलासहित ७ जनाका दरले प्रतिनिधि चुनिनेछन्। 

प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिलासहित १० जना,अमेरिका/क्यानडा, युरोप, एसिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा उल्लेख छ। 

केन्द्रीय विभागमा रहेका पार्टी सदस्यमध्येबाट एक/एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरुबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ।

पार्टीका २३ वटा जनसंगठनमध्येबाट अनुसूची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन महिलासहित ७ जना प्रतिनिधि हुनेछन्। यसअन्तर्गत खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु,युवा संघ नेपाललगायत ११ जनसंगठन छन्।

अनुसूची दुई अन्तर्गतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिलासहित पाँच प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ।

‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’, पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भने।

यसरी सबै क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिको संख्या २ हजार २६ हुनेछ। एमालेको विधानमा कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। जसअनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनयन गर्दा कुल प्रतिनिधिको संख्या २ हजार १ सय २७ हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending