Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

एमालेले कसरी चयन गर्दैछ २१२७ महाधिवेशन प्रतिनिधि ?

खबरडबली संवाददाता

काठमाडौं । आफ्नो ११औँ महाधिवेशनका लागि प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषयमा नेकपा एमालेले मापदण्ड बनाएको छ। आगामी २७–२९ मंसिरमा काठमाडौँमा हुने एमाले महाधिवेशनमा २ हजार १ सय २७ प्रतिनिधि सहभागी हुँदै छन्।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार महाधिवेशन प्रतिनिधि चुन्ने विषयमा पार्टीले मातहतका कमिटीलाई अन्तर पार्टी निर्देशन (अपानि) पठाएको छ। 

जसमा पार्टी सदस्यताको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ।

‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरू खुलाएर मातहतका कमिटीमा पठाइएको छ’, डा. अधिकारीले भने, ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरूले लागु गर्ने छन्। यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज, पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ।’

एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहित ४६४ जना प्रतिनिधि रहनेछन्। जसअनुसार केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोग २९, निर्वाचन आयोग ३०, लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन्। यसैगरी स्वदेशका प्रदेश स्तरीय (विशेष प्रदेश सहित) का कमिटीहरूबाट कम्तीमा दुईजना महिलासहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।

महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ। यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १३५ जना प्रतिनिधि सहभागी हुनेछन्। जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एकजना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन्।

संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वबारे थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ, ‘न्यूनतमा १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने। सो भन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने।’

अपानिअनुसार स्वदेशका विशेष जिल्लाअन्तर्गत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिला सहित तीनजना निर्वाचित प्रतिनिधि रहनेछन् (सदस्य संख्या ८ ०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो संख्यामा कम्तीमा एकतिहाइ महिला सुनिश्चित गर्ने)। यसरी विशेष जिल्लाअन्तर्गत निर्वाचित प्रतिनिधि संख्या करिब ४७ जना रहनेछन्।

एमालेको महाधिवेशनमा दलित आरक्षणअन्तर्गतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन्। दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ।

श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। 

जसअनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीनजना महिलासहित ७ जनाका दरले प्रतिनिधि चुनिनेछन्। 

प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिलासहित १० जना,अमेरिका/क्यानडा, युरोप, एसिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा उल्लेख छ। 

केन्द्रीय विभागमा रहेका पार्टी सदस्यमध्येबाट एक/एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरुबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ।

पार्टीका २३ वटा जनसंगठनमध्येबाट अनुसूची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन महिलासहित ७ जना प्रतिनिधि हुनेछन्। यसअन्तर्गत खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु,युवा संघ नेपाललगायत ११ जनसंगठन छन्।

अनुसूची दुई अन्तर्गतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिलासहित पाँच प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ।

‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’, पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भने।

यसरी सबै क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिको संख्या २ हजार २६ हुनेछ। एमालेको विधानमा कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। जसअनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनयन गर्दा कुल प्रतिनिधिको संख्या २ हजार १ सय २७ हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending