Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

न्यूयोर्कका 'सबैभन्दा कान्छा' मेयर जोहरान मम्दानी को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीमा मुस्लिम समुदायका जोहरान मम्दानी नगरप्रमुख निर्वाचित भएका छन्।

केही महिनाअघिसम्म खासै नचिनिएका मम्दानीले आफ्नो निर्वाचन अभियानका क्रममा समाजवादी नाराअघि सारेका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले माम्दानी निर्वाचित भए न्यूयोर्कलाई दिइने सङ्घीय बजेट कटौती गर्ने चेतावनी दिएका थिए।

चुनाव जितेपछि समर्थकहरूलाई सम्बोधन गर्दै मम्दानीले यो विजयले न्यूयोर्कवासीहरूले "परिवर्तनका लागि कार्यादेश" दिएको टिप्पणी गरेका छन्।

आधा घण्टाजतिको भाषणमा मम्दानीले निर्वाचन प्रचारप्रसारका बेला गरेका वाचाहरू दोहोर्‍याउँदै तिनलाई पूरा गर्ने बताए। "अन्धकारमय यो बेला न्यूयोर्क उज्ज्यालो बन्ने छ," उनले प्रतीकात्मक रूपमा भने।

ट्रम्पलाई जबाफ दिने क्रममा उनले जुन सहरले "उनलाई उदाउन सघायो" त्यसैले उनलाई पराजित पनि गर्न सक्ने बताए। उनले आफ्नो पक्षमा मतदान नगर्ने मानिसहरू, यहुदीविरोधी भावनाबाट पीडित यहुदीहरू र आप्रवासीहरूसहित सबै न्यूयोर्कवासीहरूका पक्षमा उभिने वाचा गरे।

कस्ता नेता ?

उनी र्‍यापर पनि हुन्। न्यूयोर्क सिटीमा उनको चयनलाई धेरै अर्थमा महत्त्वपूर्ण मानिएको छ। यो महानगरमा उनी सन् १८९२ पछि निर्वाचित सबैभन्दा कान्छा नेता हुन्। उनी न्यूयोर्कमा मेयर हुने पहिलो मुस्लिम तथा अफ्रिकामा जन्मिएका पहिलो व्यक्ति पनि हुन्।

यति मात्रैले पनि पूर्व गभर्नर एन्ड्रू क्वोमो र रिपब्लिकन उम्मेदवार कर्टिस सिल्वामाथि उनको विजय स्मरणयोग्य बनाएको छ।

उनी डेमोक्र्याटिक पार्टीमा प्रगतिशील विचार राख्ने कतिपय व्यक्तिहरूले वर्षौँदेखि खोज्दै आएका नेता पनि हुन्।

उनी युवा मात्रै छैनन्, गतिशील पनि छन् अनि आफ्नो पुस्तासँग सामाजिक सञ्जालमा सहजै भेटिने नेता पनि। उनको पारिवारिक जरोले उनको पार्टीको विविधताको आधार प्रतिबिम्बित गर्छ।

समाजवादी नारा

उनले निःशुल्क बालस्याहार , सार्वजनिक यातायातको विस्तार र स्वतन्त्र बजारमा सरकारी हस्तक्षेपजस्ता वामपन्थी झुकावका मुद्दा उठाएका छन्।

मम्दानीले कामकाजी वर्गका मतदाताका खास आर्थिक समस्याबारे पनि ध्यान दिन सक्ने आफ्नो दक्षता प्रदर्शन गरेका थिए।

उनका आलोचकहरूले अमेरिकाको ठूलो क्षेत्रले उनीजस्ता उम्मेदवारलाई स्वीकार नगर्ने बताइरहँदा न्यूयोर्कले मङ्गलवार राति तिनै कम आँकिएका व्यक्तिलाई नेताका रूपमा पाएको छ।

न्यूयोर्कका पूर्वगभर्नर र गभर्नरकै छोरा समेत रहेका क्वोमोलाई पराजित गर्न उनलाई सहज थिएन।

त्यसैले पनि मम्दानीको चुनावी प्रचारले सञ्चारमाध्यमको ठूलो ध्यान तानेको थियो। यसको अर्थ उनका सफलता र विफलताहरूमा अब धेरैको ध्यान जाने छ।

आजभन्दा १२ वर्षअघि न्यूयोर्कको आर्थिक र सामाजिक असमानतालाई सम्बोधन गर्ने वाचा गरेका बिल डे ब्लाजिओ नगरप्रमुख भएका थिए।

मम्दानीसँग समान धारणा राखने वामपन्थी अमेरिकीहरू उनको कार्यकालमा उदारवादी शासनको उदाहरण कायम हुने विश्वास गर्छन्।

परिवार र पृष्ठभूमि 

युगान्डाको कम्पालामा जन्मिएका मम्दानी सात वर्षको उमेरमा आफ्नो परिवारसँगै न्यूयोर्क आएका थिए। उनले कलेजमा अध्ययन गरिरहँदा प्यालेस्टाइनको न्यायका पक्षमा विद्यार्थीहरूको सङ्गठन बनाएका थिए।

उनले चुनावी प्रचारका क्रममा हिन्दी चलचित्रका शब्दहरू मिश्रित उर्दूमा पनि भाषण गरेका थिए। उनले स्पेनिश भाषामा पनि प्रचार गरेका थिए।

हाल २७ वर्षकी श्रीमती रामा दुवाजीलाई उनले डेटिङ एपमा भेटेका थिए।

उनकी आमा मीरा नायर भारतीय मूलकी चर्चित चलचित्र निर्देशक हुन्।

उनका बुवा प्राध्यापक महमूद मम्दानीले कोलम्बियामा प्राध्यापन गर्छन्। उनका आमाबुवा दुवै जनाले हार्भर्ड विश्वविद्यालय अध्ययन गरेका हुन्।

राजनीतिमा आउनुअघि उनले घरजग्गाबारे परामर्शदाताका रूपमा काम गरेका थिए। त्यस बेला उनले क्वीन्समा न्यून आय भएका मानिसहरूलाई सहयोग गरेका थिए।

अनुभवबारे प्रश्न

पूर्वगभर्नर क्वोमो र अन्यले तीन लाख नगर कर्मचारी र ११ करोड अमेरिकी डलर बजेट रहेको नगरका लागि मम्दानीलाई परीक्षण नभएका र अति अनुदारवादी भनेका छन्।

बिल क्लिन्टनसहित ठूला चन्दादाता र मध्यमार्गीले क्वोमोलाई समर्थन गरेका थिए। उनीहरूले अनुभव, प्रतिस्पर्धी क्षमता, कामबारेको ज्ञान, ट्रम्पसँग कुरा गर्ने क्षमता तथा वाशिङ्टन र राज्यसभा लगायतका संरचनासँग समन्वय गर्ने क्षमता न्यूयोर्कका मेयरमा हुनुपर्ने तर्क अघि सारेका थिए।

तर एक राजनीतिक रणनीतिकार ट्रिप याङ राजनीतिक क्षेत्रमा अनुभव मात्रै महत्त्वपूर्ण नहुने बताउँछन्।

उनको पक्षमा हजारौँ स्वयंसेवक र सयौँ नयाँ चन्दादाता अघि सरेको उदाहरण दिँदै उनले मम्दानीको पक्षमा जनस्तरबाट उत्साह देखिएको बताए।

"उनले हामीलाई बुझ्छन्। उनी हामीलाई प्रतिनिधित्व गर्छन्। उनी हाम्रै समुदायका हुन्। आप्रवासी समुदायबारे थाहा भएकै कुरा हो," मम्दानीका एक समर्थक लोकमणि राई भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending