Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

Gen-Z आन्दोलनका मुस्लिम सहिदहरूप्रति सरकारको असमान व्यवहारप्रति आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । Gen-Z आन्दोलनका क्रममा सहिद भएका मुस्लिम युवाहरूप्रति सरकारले गरेको असमान व्यवहारप्रति Muslim Gen-Z Nepal ले गम्भीर आपत्ति जनाएको छ।

संगठनले एक विज्ञप्ति जारी गर्दै हाल सरकारद्वारा प्रकाशित सहिद सूचीमा दुई जना मुस्लिम सहिदमध्ये केवल एक जनाको मात्र नाम समावेश गरिएको भन्दै यो कदम संविधानको मर्म विपरीत रहेको जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, २०८२ साल भदौ २८ गते अनलाइनखबर डटकममा प्रकाशित “जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने ३५ युवा (नामावलीसहित)” शीर्षकको समाचारमा २४ वर्षीय काशी आलम ठाकुर को सिभिल अस्पतालमा मृत्यु भएको उल्लेख छ। त्यस्तै, अन्नपूर्णपोस्ट डटकममा सोही दिन प्रकाशित समाचारमा वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको मृत्यु भएको पुष्टि गरिएको छ।

तर, सरकारले हाल सार्वजनिक गरेको सहिद सूचीमा केवल असहाब आलमको मात्र नाम समावेश गरिएको र काशी आलमको नाम छुटाइएको भन्दै संगठनले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “यो निर्णयले राज्यको समावेशी र समान व्यवहारको दाबीलाई कमजोर बनाएको छ। मुस्लिम समुदायले देशको लोकतान्त्रिक आन्दोलन र न्यायका पक्षमा ऐतिहासिक योगदान दिएको छ, त्यसको सम्मान गर्नु सरकारको संवैधानिक दायित्व हो।”

संगठनले सरकारसँग निम्न तीन मागहरू अघि सारेको छ—
१. Gen-Z आन्दोलनमा सहिद भएका दुवै मुस्लिम युवालाई समान रूपमा सहिद घोषणा गर्न।
२. सहिद सूचीमा सबै समुदायका योगदान र बलिदानलाई समान सम्मानका साथ समावेश गर्न।
३. भविष्यमा कुनै पनि आन्दोलनमा समुदायबीच विभेद नगर्ने सुनिश्चितता गर्न।

Muslim Gen-Z Nepal ले संविधानले सुनिश्चित गरेको समानता र सहभागिताको मर्म पालन गर्न सरकारलाई आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending