काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझका लागि गठित आयोगले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीको मोबाइल फोन डिजिटल फोरेन्सिक ल्याब (डीएफएल) पठाएको छ।
आयोग स्रोतका अनुसार, जोशीले दिएको बयानको सत्यता परीक्षण र थप विवरण खुलाउने उद्देश्यले फोन फोरेन्सिक परीक्षणका लागि पठाइएको हो।
गत शुक्रबार आयोगसमक्ष बयान दिने क्रममा जोशीले भदौ २४ गते नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिर निस्किएको करिब डेढ घण्टापछि एक पत्रमा हस्ताक्षर गरेको स्वीकार गरेका थिए।
उनका अनुसार, गृह मन्त्रालयका तत्कालीन सचिवसहित उच्च पदस्थ अधिकारीहरूको दबाबमा पत्रको विषय नबुझीकन हस्ताक्षर गरिएको थियो। उनले त्यस पत्र लामिछानेको रिहाईसँग सम्बन्धित हुन सक्ने बताएका थिए।
लामिछानेको रिहाईलगत्तै देशभरका कारागारमा तोड़फोड़, बन्दी फरार र अदालतका कागजात नष्टजस्ता घटना भएका थिए। आयोगले सो घटनामा तत्कालीन जेलर जोशीसँग कसले सम्पर्क गरे, के कस्ता कुराकानी वा सन्देश आदानप्रदान भए भन्ने विषयमा विस्तृत तथ्य पत्ता लगाउन फोरेन्सिक परीक्षण अघि बढाएको हो।
यससँगै आयोगले आज (बिहीबार)देखि घटनासँग सम्बन्धित प्रहरी कमान्डरहरूको बयान लिन सुरु गरेको छ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, “आजबाट बयान प्रक्रिया शुरू भएको हो, तर कुन अधिकारीबाट सुरु भएको भन्ने विवरण अहिले सार्वजनिक गर्न मिल्दैन,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: