काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र त्यहाँका संरचना भाडामा प्रयोग गर्दै आएको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बक्यौता भाडा तिर्न चेतावनी दिएको छ।
स्काउटले सार्वजनिक सूचना जारी गर्दै भनिएको छ कि यदि सात दिनभित्र बहाल रकम तिर्ने व्यवस्था नगरे खड्का ल्याण्डसँग भएको सम्झौता अनुसार र मुलुकी देवानी संहिता, २०७४ को प्रावधानअनुसार जग्गामा निर्माण भएका सम्पूर्ण भवन र सामान जफत गरिने छ। जफतबाट पनि बाँकी रकम घर–जग्गा वा अन्य सम्पत्तिबाट असुल गरिने व्यहोरा सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम तथा मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिनेछ । साथै, उक्त जफतबाट समेत नपुग हुने रकम घरघराना वा जायजेथाबाट असुल–उपर गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’
नेपाल स्काउटको जग्गा र त्यहाँका संरचना लामो समयदेखि कांग्रेस नेता र पूर्व ऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा प्रयोग गर्दै आएको छ। तर, कम्पनीले नियमित रूपमा भाडा बुझाएको छैन, जसले स्काउटलाई अपूरणीय क्षति पुर्याएको छ।
स्काउटका अनुसार, भाडा चुक्ता नगरी सञ्चालन हुँदा संस्थाको वित्तीय व्यवस्थामा समस्या उत्पन्न भएको र कानुनी प्रक्रियाबाट भाडा वसुल तथा संरचना संरक्षण सुनिश्चित गर्न यो कदम चालिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: