Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता

खबरडबली संवाददाता

फिलिपिन्स । मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन ‘कलमेगी’ ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ । यसैबीच, यो आँधी हाल भियतनामतर्फ अगाडि बढिरहेको छ ।

विपद् डेटाबेस इएम–डाटका अनुसार कलमेगी सन् २०२५ को अहिलेसम्मको सबैभन्दा घातक टाइफुन बनेको छ । गत वर्ष फिलिपिन्समै आएको ट्रामी तेस्रो सबैभन्दा घातक टाइफुन थियो, जसले १९१ जनाको ज्यान लिएको थियो ।

यसपटक, सेबु प्रान्तका सहरहरूमा आएको अभूतपूर्व बाढीले नदी किनारका झुपडीदेखि सवारीसाधन र ठूला ढुवानी कन्टेनरहरूसम्म बगाएको छ । बाढीका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ ।

राष्ट्रिय नागरिक सुरक्षा कार्यालयका अनुसार बिहीबारसम्म ११४ जनाको मृत्यु पुष्टि गरिएको थियो, तर सेबु प्रान्तका अधिकारीहरूले थप २८ जनाको मृत्यु दर्ता गरेपछि कुल सङ्ख्या १४० पुगेको छ ।

सेबु सहर नजिकैको लिलोन सहरमा मात्र ३५ वटा शव प्राप्त भएको छ । एएफपीका प्रत्यक्षदर्शी पत्रकारहरूले बाढीले कारहरू एक–अर्काको माथि थुप्रिएको, घरका छत भत्किएका र बासिन्दाहरूले माटो र भग्नावशेषबाट आफ्ना प्रियजनलाई खोज्ने हतास प्रयास गरिरहेको दृश्य देखेका छन् ।

स्थानीय बासिन्दा क्रिस्टिन एटोनले आफ्नी अपाङ्ग बहिनी मिशेललाई बाढीको पानीले बगाउँदा बचाउन नसकेको दुःखद अनुभव सुनाए । “हामीले ढोका फुटाउन भान्साको चक्कु र क्रोबार प्रयोग गर्‍यौँ तर त्यसले काम गरेन । फ्रिज बग्न थाल्यो । म र मेरा बुबा तैरेर बाहिर निस्क्यौँ तर मेरी बहिनी फँसिन्”, आँखा रसाउँदै उहाँले भन्नुभयो, “बुबाले भने, ‘यदि हामी फर्क्यौं भने हामी सबै मर्छौं ।’”

अर्का बासिन्दा, दुई सन्तानका पिता चिरोस रोआले भने, “हाम्रो कुकुरको भोको आवाजले हामीलाई बचायो । पानी घरमा पस्दा हामी छतमा पुगेका थियौँ । तर उद्धारका लागि बोलाउँदा कोही पनि आएनन्—हामीले सुनेका थियौँ, केही उद्धारकर्ताहरू करेन्टमा परेका रहेछन् ।”

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गर्दै राहतका लागि सरकारी कोष खोल्ने तथा आवश्यक सामग्रीहरूको मूल्यमा सीमा तोक्ने आदेश दिएको छ ।

राज्य मौसम विज्ञ बेनिसन एस्टारेजाले भने, “कलमेगीले सेबुमा सामान्यतया नोभेम्बर महिनामा पर्ने वर्षाको भन्दा १.५ गुणा बढी पानी पर्‍यो । यस्तो घटना करिब ‘हरेक २० वर्षमा एकपटक’ मात्र देखिन्छ ।” उनका अनुसार सेबुको अत्यधिक सहरीकरणले बाढीको क्षति अझै भयावह बनाएको हो ।

स्थानीय व्यापारी रेनाल्डो भर्गाराले भने, “बिहान ४–५ बजेतिर पानीको बहाव यति शक्तिशाली थियो कि बाहिर निस्कनै सकिँदैनथ्यो । मैले यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ ।” उनको पसल पूर्ण रूपमा नष्ट भएको छ ।

प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले एक रेडियो अन्तर्वार्तामा अवस्थालाई ‘अभूतपूर्व’ भन्दै जनतालाई उच्च सतर्क रहन आग्रह गरे ।

वैज्ञानिकहरूका अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण हालका टाइफुनहरू अझ शक्तिशाली र विनाशकारी बन्दै गएका छन् । तातो महासागरहरूले आँधीलाई द्रुत रूपमा बलियो बनाउँछन् र तातो वायुमण्डलले बढी आद्र्रता राख्ने भएकाले वर्षा असामान्य रूपमा तीव्र हुन्छ ।

यता, कलमेगी बिहीबार साँझसम्म भियतनामतर्फ बढ्दै गएको छ । टाइफुनको हावाको गति बढ्दै गएको र यसले मध्य भियतनाममा आठ मिटर अग्लो छाल र शक्तिशाली वर्षा ल्याउने अनुमान गरिएको छ ।

भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई कलमेगीलाई ‘तत्काल र खतरनाक आपत’ का रूपमा लिँदै पूर्वतयारीका सम्पूर्ण कदम चाल्न निर्देशन दिए । तटीय क्षेत्रका हजारौँ बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ ।

सामान्यतया हरेक वर्ष १० वटा टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले भियतनाममा प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्छन्, तर कलमेगी सन् २०२५ को १३औँ टाइफुन हो । फिलिपिन्समा यस वर्ष मात्रै २० वटा आँधीबेहरी आइसकेका छन् । राज्य मौसम विज्ञ चार्मेन वारिलाका अनुसार डिसेम्बरको अन्त्यसम्म ‘कम्तीमा तीनदेखि पाँच थप आँधीबेहरी’ आउन सक्ने सम्भावना छ ।

त्यस्तै, देशको पूर्वी भागमा अझै ट्रपिकल स्टोर्म ‘फङ–वोङ’ सक्रिय छ । यसले मुख्य टापु लुजोनतर्फ अघि बढ्दै शक्तिशाली सुपर टाइफुनमा रूपान्तरण हुने चेतावनी दिइएको छ ।

फिलिपिन्स सरकारले राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई तीव्र पार्दै देशव्यापी सतर्कता आदेश जारी गरेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending