काठमाडौं। नवनिर्मित ‘जेन–जी एलायन्स’ (Gen-Z Alliance) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको ठूलो भ्रष्टाचार, सेटिङ र तस्करी प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ।
तीन दिनअघि दर्ता गरिएको उजुरीमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी, र व्यवसायी सुवास श्रेष्ठमाथि कारबाहीको माग गरिएको छ। उजुरीमा उनीहरूले सार्वजनिक पदको दुरुपयोग गरी राष्ट्रलाई गम्भीर हानि–नोक्सानी पुर्याएको आरोप लगाइएको छ।
कफी सप र सटर कब्जाको आरोप
उजुरीका अनुसार व्यवसायी सुवास श्रेष्ठले २०६९ सालदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको लबीमा रहेको स्टेरिलाइज्ड जोनभित्र कफी सप र आन्तरिक विमानस्थलतर्फका सटरहरू बिना प्रतिस्पर्धा कब्जा गरी सञ्चालन गर्दै आएका छन्।
उक्त सटरहरूमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र महानिर्देशक अधिकारीको मिलेबटनबाट गैरकानुनी कारोबार हुने, तस्करीका सामान आदान–प्रदान हुने, र मासिक आम्दानी बाँडफाँट हुने उजुरीमा दाबी गरिएको छ।
विदेशी मुद्रा तस्करीको आरोप
उजुरीमा सुवास श्रेष्ठले महानिर्देशक अधिकारीको सहयोगमा विदेशी मुद्रा तस्करी गर्ने कार्यमा संलग्न भएको, साथै २०७६ चैतमा विदेश जाने क्रममा अवैध रकमसहित पक्राउ परे पनि राजनीतिक दबाबमा मामला थिचिएको आरोप लगाइएको छ।
पक्राउ परेपछि सिल गरिएको पसल पूर्वप्रधानन्यायाधीश श्रेष्ठको दबाबमा तुरुन्तै पुनः खोलिएको भनिएको छ।
होर्डिङ बोर्ड र ठेक्का कारोबारमा अनियमितता
उजुरीमा सुवास श्रेष्ठको ‘ग्रिनतारा मिडिया ग्रुप मार्केटिङ प्रालि’ नामक कम्पनीले विमानस्थल परिसरमा नौ वर्षदेखि ५० वटा विज्ञापनका होर्डिङ बोर्ड राख्दै आएको उल्लेख छ।
तर सम्झौताअनुसार ‘ब्यूटिफिकेशन’ (सजावट) कार्य नगरी सिर्फ होर्डिङ बोर्डमार्फत वार्षिक लाखौँ रुपैयाँ उठाएको, महानगरपालिकालाई कर नतिरी उच्च अधिकारीहरूलाई मासिक कमिसन बुझाएको दाबी गरिएको छ।
त्यस्तै, श्रेष्ठका छोरा अभिषेक श्रेष्ठलाई पाँच अर्ब रुपैयाँभन्दा बढीका ठेक्का क्यानमार्फत दिलाइएको पनि उजुरीमा उल्लेख छ।
‘सेटिङ’ मिलाउन लुक्ला भ्रमणको आरोप
जेन–जी एलायन्सले उजुरीमा दाबी गरेको छ कि जेन–जी विद्रोहपछि महानिर्देशक अधिकारीले कल्याण श्रेष्ठलाई व्यवसायी सुवास श्रेष्ठसँग ‘सेटिङ’ मिलाउन हेलिकप्टरमार्फत लुक्ला भ्रमण गराएका थिए।
कारबाही र सुधारका माग
‘जेन–जी एलायन्स’का संयोजक प्रतीक्षा प्रतिरोध र सचिव सुमन अधिकारीले संयुक्त रूपमा दर्ता गरेको उजुरीमा अकुत सम्पत्तिको छानबिन र कारबाही गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन माग गरिएको छ।
त्यससँगै, त्रिभुवन विमानस्थलका सबै सटरहरू प्रतिस्पर्धाका आधारमा भाडामा लगाउन, विमानस्थल परिसरमा भइरहेका गैरकानुनी कारोबार र तस्करी तत्काल बन्द गर्न र संबद्ध उच्च अधिकारीहरूलाई कानूनी कारबाहीमा ल्याउन पनि माग गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: