काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच राजनीतिक सहकार्य सुरु हुने भएको छ।
शुक्रबार बिहान भएको भेटवार्तापछि तीन नेताले मुलुकको हालको राजनीतिक अन्योल अन्त्य गर्ने र वैकल्पिक वाम सहकार्यलाई सुदृढ बनाउने सहमति गरेका हुन्।
हरिसिद्धीमा त्रिपक्षीय भेट
शुक्रबार बिहानै शर्मा र भूसाल विप्लवको हरिसिद्धीस्थित निवास पुगेका थिए। सो अवसरमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, वाम दलबीचको सहकार्य र सम्भावित राजनीतिक पुनर्गठनका विषयमा विस्तृत छलफल भएको थियो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भूसालले भने, “हामी सहकार्यमा छौं। आजको परिस्थितिअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउनेतर्फ छलफल गर्दैछौं। मुलुकको राजनीतिक अन्योल सम्बोधन गर्न एकताबद्ध भएर अघि बढ्नेछौं।” उनले “सहकार्यलाई एकीकरणसँग भ्रमित गर्न नहुने” उल्लेख गर्दै, विगतमा पनि तीन नेताबीच सहकार्य रहेको र अब त्यसको पुनरावलोकन गरिने बताए।
संयुक्त वक्तव्य तयारीमा
बैठकको निष्कर्षलाई औपचारिकता दिन तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
यसअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य वाम दलबीच एकता प्रक्रियाले गति लिँदा शर्मा र भूसाल छुट्टिएर आफ्ना-आफ्ना अभियान अघि बढाएका थिए।
शर्माले “प्रगतिशील अभियान नेपाल” नामक समूहमार्फत् युवालाई संगठित गर्दै नयाँ अभियान थालेका छन् भने भूसालले एकीकृत समाजवादीबाट अलग भएर नव-वाम एकता अभियान अघि बढाएका छन्।
विप्लवको जनसभा र वाम सहकार्यको सन्देश
शुक्रबार नै काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशाल जनसभामा विप्लवले “सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता अहिलेको ऐतिहासिक आवश्यकता” रहेको बताएका थिए।
उनले हालको अन्तरिम सरकारको भूमिकामाथि प्रश्न उठाउँदै वैकल्पिक राजनीतिक मार्ग निर्माणमा सबै क्रान्तिकारी वाम शक्तिलाई एक ढिक्का हुन आह्वान गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: