काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) लगायतका १० वटा कम्युनिस्ट घटकहरूको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारीमा रहेको छ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता रामकुमार भट्टराईका अनुसार दल दर्ताका लागि आवश्यक कागजात तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार नेताहरूका हस्ताक्षर संकलनपछि सकेसम्म आज (शुक्रवार) नै वा आइतबारसम्म आयोगमा निवेदन दर्ता गरिने योजना छ।
‘आवश्यक डकुमेन्ट तयार गर्ने काम भइरहेको छ। नेताहरूलाई हस्ताक्षरका लागि शुक्रवार बोलाइएको छ। सबै डकुमेन्ट पूरा भयो भने आजै आयोग जाने कि भन्ने छ,’ भट्टराईले भने, ‘आज भ्याइएन भने आइतबार जान्छौं।’
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने नयाँ राजनीतिक दललाई कात्तिक ३० गतेभित्र दल दर्ता गराइसक्न सूचना जारी गरेको छ।
यसअघि कात्तिक १९ गते (बुधवार) ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा गरिएको थियो। त्यतिबेला नेताहरूले दल दर्ता प्रक्रियाबारे आयोगलाई प्राथमिक जानकारी मात्र गराएको बताएका छन्।
नवगठित पार्टीमा संयोजक र सह–संयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भएको छ। तर केन्द्रीय कमिटीको आकार भने एकतामा सहभागी दलका केन्द्रीय सदस्यहरूको सङ्ख्याका आधारमा निर्धारण गरिने भएको छ।
‘धेरै दलहरू एकतामा जोडिएका छन्। तिनको केन्द्रीय समिति कति छ भन्ने हिसाब गरेर सङ्ख्या टुंग्याउनुपर्ने हुन्छ,’ नेता बेदुराम भुसालले भने, ‘अरू दल पनि थपिन सक्ने भएकाले सकेसम्म छिटो आयोगमा जाने तयारी भइरहेको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १७:०३
काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...
माघ १७ गते, २०८२ - १६:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...
माघ १७ गते, २०८२ - १६:३७
टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...
माघ १७ गते, २०८२ - १६:२९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...
माघ १७ गते, २०८२ - १६:०६
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...
माघ १७ गते, २०८२ - १५:५२
काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...
माघ १७ गते, २०८२ - १५:४६
काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...
माघ १७ गते, २०८२ - १४:५३
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...
माघ १७ गते, २०८२ - १४:३४
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...



प्रतिकृया लेख्नुहोस्: