काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि राजनीतिक दलहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बिहीबार जारी सूचना मार्फत् राजनीतिक दल, आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई मतदाता नामावली दर्ता सम्बन्धी प्रचारप्रसार गर्न अनुरोध गरेका हुन् ।
सूचनामा भनिएको छ, ‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गर्न सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यमलगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ ।’
आयोगका अनुसार मतदाता नामावलीमा समावेश भएका व्यक्तिले मात्र मतदान गर्न पाउने व्यवस्था छ । यदि कसैको नाम नामावलीमा दर्ता नभएको भए नागरिकता प्रमाणपत्रसहित आयोगको वेबसाइटमा गएर प्रि–रजिष्ट्रेसन प्रणालीमार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको मिति, समय र स्थानमा गई फोटो र बायोमेट्रिक विवरण दिन सकिनेछ ।
विवाह, बसाइँसराइ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा सम्बन्धित कागजातसहित आवेदन दिन सकिने व्यवस्था छ ।
त्यस्तै, मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहहरूमार्फत प्रचारप्रसार र सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि आयोगले गरेको छ ।
पछिल्लो विवरण अनुसार देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये ८१ हजार ८६४ पुरुष, ५४ हजार १७८ महिला र १८ अन्य रहेका छन् । केवल बिहीबार मात्रै ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।
आयोगले हालै जेनजी पुस्ता (१६ वर्ष उमेर समूह) लाई लक्षित गर्दै अध्यादेशमार्फत कानुनी बाटो खुला गरेको थियो । उक्त अध्यादेशअनुसार असोज ९ गतेबाट सुरु भएको मतदाता नामावली संकलन आगामी कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलनलाई तीव्र पारेको हो । १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूमा गई नाम दर्ता गर्न सक्नेछन् ।
सार्वजनिक बिदा बाहेक प्रत्येक दिन बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म मतदाता नामावली दर्ता प्रक्रिया सञ्चालन भइरहेको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: