Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

निर्वाचन आयोगको आग्रह: ‘मतदाता नामावली दर्ताको प्रचार गर्नुस्’

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि राजनीतिक दलहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बिहीबार जारी सूचना मार्फत् राजनीतिक दल, आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई मतदाता नामावली दर्ता सम्बन्धी प्रचारप्रसार गर्न अनुरोध गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गर्न सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यमलगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ ।’

आयोगका अनुसार मतदाता नामावलीमा समावेश भएका व्यक्तिले मात्र मतदान गर्न पाउने व्यवस्था छ । यदि कसैको नाम नामावलीमा दर्ता नभएको भए नागरिकता प्रमाणपत्रसहित आयोगको वेबसाइटमा गएर प्रि–रजिष्ट्रेसन प्रणालीमार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको मिति, समय र स्थानमा गई फोटो र बायोमेट्रिक विवरण दिन सकिनेछ ।

विवाह, बसाइँसराइ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा सम्बन्धित कागजातसहित आवेदन दिन सकिने व्यवस्था  छ ।

त्यस्तै, मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहहरूमार्फत प्रचारप्रसार र सहजीकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउने निर्णय पनि आयोगले गरेको छ ।

पछिल्लो विवरण अनुसार देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये ८१ हजार ८६४ पुरुष, ५४ हजार १७८ महिला र १८ अन्य रहेका छन् । केवल बिहीबार मात्रै ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएको आयोगले जनाएको छ ।

आयोगले हालै जेनजी पुस्ता (१६ वर्ष उमेर समूह) लाई लक्षित गर्दै अध्यादेशमार्फत कानुनी बाटो खुला गरेको थियो । उक्त अध्यादेशअनुसार असोज ९ गतेबाट सुरु भएको मतदाता नामावली संकलन आगामी कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली संकलनलाई तीव्र पारेको हो । १६ वर्ष पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूमा गई नाम दर्ता गर्न सक्नेछन् ।

सार्वजनिक बिदा बाहेक प्रत्येक दिन बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म मतदाता नामावली दर्ता प्रक्रिया सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: