खोटाङ । खोटाङमा हालै थपिएका ९४८ नयाँ मतदातामध्ये करिब ९० प्रतिशत जेनजी उमेर समूहका युवा रहेका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्ता अभियानअन्तर्गत असोज १० गतेदेखि कात्तिक २० गतेसम्म खोटाङमा ९ सय ४८ जनाले नयाँ रूपमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा दैनिक २० जनाभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ८८ जना नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा हालसम्म ४ जनाले मात्र नाम दर्ता गराएका छन् ।
निर्वाचन आयोगले देशका जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगको अनलाइन प्रणालीमार्फत फारम भरेपछि सम्बन्धित कार्यालयमा गएर फोटो र बायोमेट्रिक विवरण दिएपछि दर्ता प्रक्रिया पूरा हुने व्यवस्था गरिएको छ ।
सरकारले फागुन २१ गते हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै जेनजी मतदातालाई मताधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत रोकिएको मतदाता नामावली दर्ता प्रक्रिया पुनः सञ्चालनमा ल्याएको हो ।
कार्यालयका तथ्याङ्क अनुसार कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने मतदाताको संख्या खोटाङमा एक लाख ४४ हजार ४ सय २९ पुगेको छ । नयाँ मतदाता नाम दर्ता प्रक्रिया कात्तिक मसान्तसम्म सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: