रौतहट । रौतहट प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दाका कैदी चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा १९ गते पक्राउ गरी पुनः कारागार कार्यालय गौरमा बुझाइएको हो।
त्यस्तै, सोही आन्दोलनकै क्रममा फरार जबरजस्ती करणी मुद्दाका थुनुवा देवाही गोनाही–६ का सुधीरकुमार राम १९ गते स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएका छन्।
गरुडा नगरपालिका–५ शिवनगरका ३५ वर्षीय अभयकुमार प्रसाद साहले माधवनारायण–१ का प्रयाग महतोसँग आठ लाख रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि फरार रहेका थिए। उनलाई १८ गते पक्राउ गरिएको छ।
त्यस्तै, बौधीमाई नगरपालिका–१ अजगैबिका ३० वर्षीय किशोरी प्रसाद यादवले परोहा–७ का पवनकुमार यादवसँग १ लाख ७५ हजार रुपैयाँ सापटी लिएर दिएको चेक बाउन्स भएपछि १८ गते पक्राउ परेका छन्।
रौतहट जिल्ला अदालतको २०६१ सालको फैसलाअनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई १५ गते पक्राउ गरी अदालतमा पेश गरिएको छ।
गरुडा नगरपालिका–६ का राजकिशोर यादवले गत साउन ३० गते शम्भु माझीलाई कुटपिट गरी घाइते पारेको घटनामा संलग्न रहेकामा उनलाई १७ गते पक्राउ गरिएको छ। वृन्दावन नगरपालिका–३ का ४० वर्षीय युगल किशोर यादवले साउन १५ गते प्रेमशंकर यादवमाथि फलामको रड प्रहार गरी घाइते पारेको अभियोगमा १७ गते पक्राउ गरिएको छ।
त्यस्तै, माधवनारायण–४ का रामअज्ञा मुखियाले आफ्नै गाउँमा रामएकवाल मुखियामाथि धारिलो खुर्पीले आक्रमण गरी घाइते पारेको घटनामा संलग्न रहेकाले उनलाई १९ गते पक्राउ गरिएको प्रहरीको भनाइ छ । वृन्दावन नगरपालिका–८ बहुअरीका ३० वर्षीय नईमुद्दिन दर्जीले मनोज प्रसाद यादवको घरमा आगजनी गरी खाद्यान्न नष्ट गरेको अभियोगमा १७ गते पक्राउ गरिएको छ।
गत जेठ १४ गते बिहान गरुडा–६ पोठियाहीमा मर्निङ वाकमा रहेका धिरज कुमार राममाथि हतियार देखाई मोबाइल लुटपाट गर्ने घटना घटाएका ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि १९ गते पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्र कँडेलका अनुसार पक्राउ परेका सबैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: