Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

सल्यानमा देउसी भैलोबाट उठेको रकमले प्रतिक्षालय निर्माण

खबरडबली संवाददाता

सल्यान । सल्यानको सितलबजार भैली समूहले देउसी–भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाएको छ। देउसी–भैलोबाट ४२ हजार रुपैयाँ उठेकोमा ४० हजार रूपैयाँ यात्रु प्रतिक्षालय निर्माणमा खर्च गरेको समूहका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्षालय निर्माणको यो कार्यले परम्परागत संस्कृतिलाई विकास निर्माणसँग जोडेर स्थानीयस्तरमा सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिएको उनको भनाइ छ। ‘हामीले देउसी, भैलोलाई केवल मनोरञ्जनमा सीमित नराखी गाउँको अत्यावश्यक पूर्वाधार निर्माणमा लगाउने अठोट ग¥यौँ। यो प्रतिक्षालयले बाटो हिँड्ने र गाडी कुर्न बस्ने यात्रुहरूलाई ठूलो राहत प्रदान गर्ने विश्वास लिएका छौँ,’ उनले भने।

 त्रिवेणी गाउँपालिका– ३ का वडाध्यक्ष कर्णदेव डाँगीले यस कार्यको प्रशंसा गर्दै युवाहरूले देखाएको सामाजिक उत्तरदायित्व अन्य समुदायका लागि पनि प्रेरणादायी भएको बताए। वडा नं ३ का निवर्तमान वडाअध्यक्ष हुकुम प्रसाद महताराले सार्वजनिक स्थानमा रहेको प्रतिक्षालयलाई आफ्नै निजी सम्पती जसरी माया गरी संरक्षण गर्नुपर्ने बताए।

बाँकी रहेको रकम अर्को वर्ष यस्तै सामाजिक कार्यमा खर्च गरिने भैली समूहका सदस्य शेरबहादुर बस्नेतले जानकारी दिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending