Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

खबरडबली संवाददाता

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । 

सिस्नेखोलाको निरन्तर कटानका कारण सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन् । डेढ दशकअघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घरखेतै सखाप पारेपछि स्थानीय राईबहादुर राई लखेटिएर डाँडाखर्क पुगेको थिए। 

दु:खसुख गरेर डाँडाखर्कमा नयाँ ओत त हाल्नुभयो, तर नियति फेरि दोहोरिएको छ । अहिले सिस्ने खोलाको कटानले सुरु भएको विशाल पहिरो उहाँकै आँगनसम्म आइपुगेको छ । “उतिबेला चुप्लुमा पहिरोले उठिबास लगायो, ज्यान जोगाउन यहाँ आएर घर बनाएँ, अहिले फेरि यहीँ घर बगाउने अवस्था आयो”, पहिरोपीडित राईबहादुर भन्न्छन्, “हिउँद होस् वा वर्षा, पहिरो झर्न छाड्दैन । न त कतै जाने ठाउँ छ, न त रातभर निदाउन नै सकिन्छ ।”

डाँडाखर्कको पहिरोले घरबास मात्र होइन, स्थानीय बासिन्दाको वर्षौँदेखिको मिहिनेत र उब्जाउ जमिनसमेत बगरमा परिणत गरिदिएको छ । अहिलेसम्म सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भइसकेको छ । खेतबारी नै पहिरोमा रुपान्तरण भएपछि यहाँका किसानले जीविकोपार्जन कसरी गर्ने भन्ने अर्को चिन्ताले सताउन थालेको छ । 

पहिरो समयमै रोक्न नसके डाँडाखर्कका पाँच घरमात्र होइन, सिङ्गो बस्ती नै सखाप हुने स्थिति आएको अर्का स्थानीय बीरकाजी राई बताउछन् । “पहिरोको शिरमै गाउँ छ, गाउँका अरू ४० घरपरिवार पनि उत्तिकै जोखिममा छन्”, उहाँ भन्नुहुन्छ, “सुरुमै यसलाई रोकथाम गर्न घेराबार वा तटबन्ध बनाइदिएको भए यस्तो बिजोग हुने थिएन ।”

पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र सङ्घ तीनै तहका सरकारसँग गुहार मागिसकेका छन् । तर, पहिरो नियन्त्रणका लागि ठोस र प्रभावकारी काम हुन नसक्दा अहिले जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।

पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएर लगिसके पनि राज्यलाई नियमानुसार भूमिकर ९तिरो० भने निरन्तर बुझाउनुपरेको तर राज्यबाट पाउनुपर्ने राहत र नियन्त्रणको काम भने हुन नसकेको भन्दै पहिरोपीडितले दुखेसो पोखेका छन् ।

“पहिरोले जग्गाजमिन बगाएर लगिसक्यो, पहिरोमा भएको जमिनको भूमिकर भने राज्यलाई तिरिरहनुपरेको छ”, अर्का पहिरोपीडित गीतामाया राई भन्नुहुन्छ, “तर राज्यबाट पहिरो नियन्त्रणको काम हुन सकेन, पहिरोपीडितका लागि राहतको कार्यक्रम आउन सकेन ।”

डाँडाखर्कको यो समस्या ओखलढुङ्गा जिल्लाभरको एउटा प्रतिनिधिमूलक उदाहरणमात्रै हो । जिल्लाका दर्जनौँ स्थानमा दशकौँदेखि यस्ता ठूला पहिरोले पिरोल्ने गरेको छ, जसले हरेक वर्षात्मा नागरिकले पेरोल्ने गरेको छ ।

जोखिमयुक्त पहिरोको दीर्घकालीन प्राविधिक समाधान खोज्न, प्रभावित परिवारको सुरक्षित पुन:स्थापना गर्न र उनीहरूको जीविकोपार्जन जोगाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले समयमै ध्यान दिन अतिआवश्यक देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी सरकार गठनमा मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...

बैंककबाट १८ किलो गाँजा बोकेर काठमाडौं आएका दुई भारतीय पक्राउ

काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् ।  ...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...

सरकारको कामप्रति आङ्देम्बेको प्रश्न : ‘जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...

दुई बहालवाला सचिवको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...

भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडितले गरिन् आत्मदाहको प्रयास

जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...

सांसदको भूमिका प्रभावकारी बनाउन रास्वपाले फेरि तीनदिने प्रशिक्षण दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...

भारत र चीनसँगको सम्बन्धमा प्रधानमन्त्री शाहको नयाँ कूटनीतिक शैली

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending