महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न थालेपछि महोत्तरीसहित मधेश प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ।
सूर्योदयदेखि साँझसम्म चर्को घाम लाग्ने र वर्षा भएलगत्तै पुन: टन्टलापुर घाम लाग्ने क्रमले गर्मी थप बढाएको स्थानीयको भनाइ छ । मध्याह्नमा घरबाहिर निस्कनसमेत कठिन हुने गरी गर्मी बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। छहारीमा बस्दा पनि तर्तरी पसिना आउने र पंखाबाट समेत तातो हावा आउने गरेको उनीहरू बताउँछन्।
जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले मंगलबार जनकपुरधामको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको बताउनुभयो । तापक्रम ४१ डिग्री पुगे पनि महसुस हुने तापक्रम करिब ४८ डिग्री सेल्सियससम्म देखिएको उहाँले जानकारी दिनुभयो।
मधेशमा मनसुन पूर्ण रूपमा सक्रिय नभएका कारण अपेक्षित वर्षा हुन नसकेको र वर्षा रोकिएलगत्तै चर्को घाम लाग्दा वाष्पीकरण बढेर गर्मी थप चर्किएको झाले बताए। उनका अनुसार आगामी दुई दिनसम्म पनि गर्मीको अवस्था यस्तै रहने सम्भावना छ । बुधबार जनकपुरधामको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको उनले बताए।
वातावरण विज्ञ अशोक यादवका अनुसार केही दिनयता तराई–मधेसमा ‘लु’ अर्थात् तातो हावाको प्रभाव बढेको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेकाले तातो हावाको जोखिम बढेको उनले बताए। केही दिनअघि सुरु भएको यो अवस्था शुक्रबारसम्म कायम रहने उनको अनुमान छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १५:०४
काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले र नेकपाले नेकपा मसालसँग दुईबुँदे सहमति गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संय...
श्रावण २७ गते, २०८३ - १४:५१
काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर...
श्रावण २७ गते, २०८३ - १४:०५
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा पाँच घरपरिवार उच्च जोखिममा छन् । ...
श्रावण २७ गते, २०८३ - १३:४८
महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...
श्रावण २७ गते, २०८३ - १३:४८
महोत्तरी। साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई/मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको ताप...
श्रावण २७ गते, २०८३ - १३:३२
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलन र निर्वाचनबाट बनेको बालेन नेतृत्वको सरकारप्रति युवाले...
श्रावण २७ गते, २०८३ - १२:५८
काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...
श्रावण २७ गते, २०८३ - १२:५०
जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...
श्रावण २७ गते, २०८३ - १२:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...
श्रावण २७ गते, २०८३ - १२:१६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...



प्रतिकृया लेख्नुहोस्: