Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

विहारकाे चुनावले तीन दिनका लागि नेपाल–भारत सीमा नाका बन्द

खबरडबली संवाददाता

सर्लाही । सर्लाही, महोत्तरी, रौतहटलगायतका जिल्लामा पर्ने नेपाल–भारत सीमा नाका तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने भएका छन् । 

भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै शान्ति–सुरक्षाको दृष्टिले दुवै देशका प्रशासनबीचको सहमति अनुसार सीमा नाका ‘सिल’ गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि बन्द गरिने सीमा नाका कात्तिक २५ गते साँझ ६ बजेपछि मात्रै पुनः खोलिनेछ । यस अवधिमा आकस्मिक सेवाबाहेक सबै प्रकारका सवारीसाधन, मानिस र सामानको आवागमन पूर्णरूपमा रोक लगाइनेछ ।

कडरियाले भने, “भारतमा निर्वाचनका क्रममा कुनै अप्रिय घटना वा गैरकानुनी गतिविधि हुन नदिन नेपाल–भारत दुवै देशका सुरक्षाकर्मी सतर्क भएका छन् । स्थानीय प्रशासनबीच समन्वय गरी नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) का जवानलाई परिचालन गरिएको छ ।”

नेपाल–भारतबीचको खुला सीमा भएका कारण निर्वाचनका बेला अवैध गतिविधि, अवैध मदिरा, पैसाको चलखेल र राजनीतिक प्रभावका घटना रोक्न सीमा सिल गर्ने चलन दुवै देशमा प्रचलित छ । नेपालमा निर्वाचन हुँदा पनि भारतीय पक्षले यस्तै कदम चाल्ने गरेको प्रशासन स्रोतले जनाएको छ ।

सर्लाही, हरिवन, मलंगवा, हरिपुर, रौतहटको गौर, महोत्तरीको जलेश्वर, र लोहडिनियालगायतका प्रमुख नाकाहरूमा यस अवधिमा आवतजावत पूर्णरूपमा बन्द हुनेछ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ भने नाका नजिक बसोबास गर्ने स्थानीय बासिन्दालाई अनावश्यक रूपमा सीमा नजिक नजान प्रशासनले अनुरोध गरेको छ ।

सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी नारायणप्रसाद भट्टराईले सीमामा निगरानी कडा बनाइएको जानकारी दिए । उनका अनुसार, “सीमा सिल अवधिमा कुनै पनि तस्करी, अवैध व्यापार वा राजनीतिक दुरुपयोग हुन नदिनका लागि सुरक्षाकर्मीले २४ घण्टा निगरानी राख्नेछन् ।”

यसअघि पनि भारतको लोकसभा र विधानसभा निर्वाचनका समयमा नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिँदै आएको छ । निर्वाचन सकिएपछि स्थिति सामान्य भएसँगै नाका नियमित रूपमा सञ्चालनमा ल्याइने परिपाटी रहेको छ ।

स्थानीयवासीले भने सीमाबन्दीका कारण दैनिकी केही प्रभावित हुने बताउँदै सुरक्षा संयन्त्रको निर्णयलाई समर्थन जनाएका छन् । मलंगवाका व्यापारी राजु साह भन्छन्, “तीन दिन व्यापार ठप्प हुन्छ, तर शान्तिपूर्ण निर्वाचनका लागि यस्तो सहयोग गर्नु ठीक हो ।”

नेपाल–भारतबीचको सीमा क्षेत्रमा हरेक वर्ष विभिन्न समयमा सुरक्षा कारणले अस्थायी रूपमा नाका बन्द गर्ने गरिएको छ । यसपालि पनि भारतको निर्वाचनलाई दृष्टिगत गर्दै नेपालतर्फको प्रशासनले उच्च सतर्कता अपनाएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending