वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्धहरू हटाउन माग गर्दै आएको छ ।
मध्य एसियाली नेताहरूसँगको रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले भने, “स्पष्ट रूपमा भन्नुपर्दा, इरानले प्रतिबन्धहरू हटाउन सकिन्छ कि भनेर सोधिरहेको छ । उनीहरू अत्यन्त कठोर अमेरिकी प्रतिबन्धको चपेटामा छन्, जसले उनीहरूको स्थिति साँच्चै कठिन बनाएको छ । म यो विषय सुन्नका लागि खुला छु र के हुन्छ भनेर हेर्नेछौँ, तर म यसबारे छलफल गर्न इच्छुक छु ।”
संयुक्त राज्य अमेरिका र पश्चिमी मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार प्राप्त गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन्, तर इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।
सन् २०१८ मा अमेरिका तत्कालीन अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट पछि हटेपछि र पुनः कठोर आर्थिक प्रतिबन्धहरू लागू गरेपछि इरान वर्षौंको अन्तर्राष्ट्रिय नाकाबन्दीमा परेको थियो ।
यस वर्ष जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध अभूतपूर्व हवाई आक्रमण अभियान सुरु गरेपछि युद्ध भड्किएको थियो । सो आक्रमणका क्रममा अमेरिकाले पनि केही समयका लागि इजरायलको पक्षमा इरानी आणविक स्थलहरूमा आक्रमणमा भाग लिएको देखिएको थियो ।
१२ दिन लामो उक्त युद्धमा इजरायली बमबारीको प्रत्युत्तरमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो, जसका कारण तेहरान र वासिङ्टनबीच अप्रिलमा सुरु भएको आणविक वार्ता स्थगित भएको थियो ।
राष्ट्रपति ट्रम्पले भने, “इरान एक समय मध्यपूर्वको ‘बदमाशी’ राष्ट्र थियो, तर अहिले त्यसले आणविक हतियारको सम्भावना गुमाइसकेको छ ।” जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि उनले हालको आक्रमणले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा नष्ट गरेको बारम्बार दाबी गर्दै आएको छ, यद्यपि क्षतिको वास्तविक स्तर अझै स्पष्ट भएको छैन ।
गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घले बेलायत, फ्रान्स र जर्मनीको पहलमा ‘स्न्यापब्याक’ संयन्त्रमार्फत तेहरानविरुद्धका पुराना प्रतिबन्धहरू पुनः लागू गरेको थियो । ती प्रतिबन्धले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै आर्थिक कारोबारलाई रोक लगाएका छन् ।
अमेरिका–इरानबीचको आणविक वार्ताका धेरै चरणको संयोजन गरिसकेको ओमानले पुनः दुवै पक्षलाई वार्तामा फर्किन आग्रह गरेको छ । वार्ताको उद्देश्य नयाँ सम्झौता तर्जुमा गर्नु हो, जसअन्तर्गत इरानले आफ्नो आणविक गतिविधि सीमित गर्ने सर्तमा प्रतिबन्धहरूको केही राहत पाउनेछ ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, “यदि इरानले शान्तिपूर्ण बाटो रोज्छ भने, भविष्यमा सहकार्यका ढोका खुला रहनेछ ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: