Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

इरानमाथि लगाइएका प्रतिबन्ध हटाउन राष्ट्रपति ट्रम्प ‘खुला’

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि लगाइएका कडा अमेरिकी प्रतिबन्धहरूबारे छलफल गर्न आफू खुला रहेको बताएका छन् । उनका अनुसार तेहरानले बारम्बार ती प्रतिबन्धहरू हटाउन माग गर्दै आएको छ ।

मध्य एसियाली नेताहरूसँगको रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले भने, “स्पष्ट रूपमा भन्नुपर्दा, इरानले प्रतिबन्धहरू हटाउन सकिन्छ कि भनेर सोधिरहेको छ । उनीहरू अत्यन्त कठोर अमेरिकी प्रतिबन्धको चपेटामा छन्, जसले उनीहरूको स्थिति साँच्चै कठिन बनाएको छ । म यो विषय सुन्नका लागि खुला छु र के हुन्छ भनेर हेर्नेछौँ, तर म यसबारे छलफल गर्न इच्छुक छु ।”

संयुक्त राज्य अमेरिका र पश्चिमी मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार प्राप्त गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन्, तर इरानले आफ्नो आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ ।

सन् २०१८ मा अमेरिका तत्कालीन अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट पछि हटेपछि र पुनः कठोर आर्थिक प्रतिबन्धहरू लागू गरेपछि इरान वर्षौंको अन्तर्राष्ट्रिय नाकाबन्दीमा परेको थियो ।

यस वर्ष जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध अभूतपूर्व हवाई आक्रमण अभियान सुरु गरेपछि युद्ध भड्किएको थियो । सो आक्रमणका क्रममा अमेरिकाले पनि केही समयका लागि इजरायलको पक्षमा इरानी आणविक स्थलहरूमा आक्रमणमा भाग लिएको देखिएको थियो ।

१२ दिन लामो उक्त युद्धमा इजरायली बमबारीको प्रत्युत्तरमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो, जसका कारण तेहरान र वासिङ्टनबीच अप्रिलमा सुरु भएको आणविक वार्ता स्थगित भएको थियो ।

राष्ट्रपति ट्रम्पले भने, “इरान एक समय मध्यपूर्वको ‘बदमाशी’ राष्ट्र थियो, तर अहिले त्यसले आणविक हतियारको सम्भावना गुमाइसकेको छ ।” जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि उनले हालको आक्रमणले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा नष्ट गरेको बारम्बार दाबी गर्दै आएको छ, यद्यपि क्षतिको वास्तविक स्तर अझै स्पष्ट भएको छैन ।

गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घले बेलायत, फ्रान्स र जर्मनीको पहलमा ‘स्न्यापब्याक’ संयन्त्रमार्फत तेहरानविरुद्धका पुराना प्रतिबन्धहरू पुनः लागू गरेको थियो । ती प्रतिबन्धले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै आर्थिक कारोबारलाई रोक लगाएका छन् ।

अमेरिका–इरानबीचको आणविक वार्ताका धेरै चरणको संयोजन गरिसकेको ओमानले पुनः दुवै पक्षलाई वार्तामा फर्किन आग्रह गरेको छ । वार्ताको उद्देश्य नयाँ सम्झौता तर्जुमा गर्नु हो, जसअन्तर्गत इरानले आफ्नो आणविक गतिविधि सीमित गर्ने सर्तमा प्रतिबन्धहरूको केही राहत पाउनेछ ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, “यदि इरानले शान्तिपूर्ण बाटो रोज्छ भने, भविष्यमा सहकार्यका ढोका खुला रहनेछ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: