काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई सक्रिय नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न र आगामी निर्वाचनमा विवेकपूर्ण रूपमा मत प्रयोग गर्न आह्वान गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार जनतालाई सम्बोधन गर्दै जारी गरेको भिडियो सन्देशमा देशको भविष्यको दिशा तोक्ने प्रमुख आधार निर्वाचन भएकाले प्रत्येक नागरिकले आफ्नो मताधिकारको प्रयोग गर्न सक्नुपर्ने बताइन् । उनले भनिन्, “हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुन जरुरी छ । मतदाता परिचयपत्र नै लोकतान्त्रिक अधिकार प्रयोग गर्ने पहिलो ढोका हो ।”
उनका अनुसार निर्वाचनमा भाग लिन चाहने हरेक योग्य नागरिकले समयमै मतदाता नामावलीमा आफ्नो नाम समावेश गर्नुपर्नेछ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन आयोगले देशभर यही कात्तिक ३० गतेभित्र मतदाता नाम सङ्कलन कार्य सञ्चालन गरिरहेको छ ।
प्रधानमन्त्री कार्कीले विशेष गरी नयाँ पुस्ता र पहिलो पटक मतदान गर्न योग्य भएका युवाहरूप्रति सम्बोधन गर्दै भनिन्, “जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन हामी सबैले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । सही प्रतिनिधि छान्नका लागि विवेक प्रयोग गर्नुपर्छ ।”
उनले अझै जोड दिँदै भनिन्, “तपाईंहरू आफैं सही प्रतिनिधि बन्न सक्नुहुन्छ । विद्यमान बेथितिसँग लड्न, असमानता र भ्रष्टाचार अन्त्य गर्न, र समृद्ध नेपालको निर्माणमा हातेमालो गर्नका लागि हरेक योग्य नागरिकले आफ्नो मताधिकार प्रयोग गर्नैपर्छ । त्यसका लागि नजिकको जिल्ला वा गाउँपालिका निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔं ।”
प्रधानमन्त्री कार्कीको सन्देशलाई युवा पुस्ताले सामाजिक सञ्जालमार्फत सकारात्मक रूपमा स्वागत गरेका छन् । धेरै युवाहरूले यसलाई लोकतन्त्रप्रतिको आस्था पुनः सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।
सरकारका अनुसार अहिले देशभर करिब २८ लाख नयाँ मतदाता नामावलीमा समावेश हुने अनुमान गरिएको छ । निर्वाचन आयोगले गाउँदेखि सहरसम्म मतदाता नामावली दर्ता केन्द्र स्थापना गरी आवश्यक सेवा सहज र द्रुतगतिमा उपलब्ध गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, “लोकतन्त्र बलियो बनाउन हरेक नागरिकको सक्रिय सहभागिता अपरिहार्य छ । हाम्रो एक मतले देशको भविष्य बदल्न सक्छ । त्यसैले आउँदो निर्वाचनलाई जिम्मेवार नागरिकको रूपमा सहभागितापूर्ण बनाऔं ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: