उदयपुर । उदयपुर जिल्लाको विभिन्न स्थानमा चारवटा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा ६ जना यात्रुहरु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका वडा ९ कालिखोलास्थित मदन भण्डारी राजमार्गमा गाइघाटबाट चुहाडेतर्फ जाँदै गरेको स ५ प ४०४१ नं.स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०१९ प १५३७ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइते भएका मोटरसाइकल चालक रौतामाई गाउँपालिका वडा नं. ७ मुर्कुची बस्ने बर्ष २२ को सुरेन्द्र पुलामी मगर, मोटरसाईकलमै सवार निजकै आमा बर्ष ४३ की दिलकुमारी मगर र स्कुटर चालक त्रियुगा नपा वडा नं १२ शनि मन्दिर बस्ने वर्ष ६ को ईमन कार्कीलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगरस्थित अस्पतालमा थप उपचारको लागि रेफर गरिएको छ ।
त्यसैगरी रौतामाई गाउँपालिका ७ घट्टाबाट मुर्कुचीतर्फ जाँदै गरेको बा ४० प ८२५२ नं को मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने वर्ष ८२ को नारायणबहादुर कार्कीलाई ठक्कर दिई घाइते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा थप उपचारको लागि पठाइएको उनले बताए ।
त्यसैगरी त्रियुगा नपा १० आँखा अस्पतालनजिक मदन भण्डारी लोकमार्गमा मुर्कुचीबाट बोक्से तर्फ आउँदैगरेको नेपाली सेना (पशुपति प्रसाद गण बोक्से उदयपुर) को टु–टन गाडी र विपरीत दिशाबाट जाँदैगरेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला झापा कमल गापावडा नं ५ बस्ने वर्ष ३७ को गोपालबहादुर सार्की घाइते भइ जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित आर्या न्यूरो अस्पताल रेफर गरिएको छ ।
त्यस्तै, त्रियुगा नपा १० बोक्से चोक नजिक करमगछीबाट गाईघाटतर्फ जाँदैगरेको मोटरसाइकलले बाटो क्रस गर्दैगरेका पैदलयात्री जिल्ला खोटाङ दिप्रुङ चिइचुम्मा गापा वडा ७ टेम्मा घर भइ हाल त्रियुगा नपा १० बोक्से बस्ने रत्नबहादुर राईको छोरा वर्ष १६ को सुमन राईलाई ठक्कर दिइ घाइते भएका छन् ।
जिल्ला अस्पताल उदयपुरमा उपचार पश्चात डिस्चार्ज गरिएको र दुर्घटनामा संलग्न मोटरसाइकल र चालक तत्काल फरार रहेकोले खोजतलासको कार्य भइरहेको प्रनाउ दोङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: