Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

४५ वर्ष निःस्वार्थ सेवापछि ‘रीत्तो हात’ केशव दाइकाे बिदाई

खबरडबली संवाददाता

पाल्पा । पश्चिमी पाल्पाको भैरव नमुना माध्यमिक विद्यालयले आफ्नो दीर्घकालीन सहयोगी, केश बहादुर कुमाल दाइलाई चार दशकभन्दा बढी समय विद्यालयका लागि निःस्वार्थ रूपमा सेवा पुर्‍याएपछि सम्मानसहित बिदाइ गरेको छ। विद्यालय परिवारले आयोजना गरेको भव्य विदाइ कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरूले उनलाई फूलमालाले स्वागत गर्दै सम्मान जनाए।

केशव दाइले जीवनका ४४ वर्ष ७ महिना यही विद्यालयमा बिताए । उनको अनुहार प्रत्येक विद्यार्थी र शिक्षकको हृदयमा बस्ने गरी परिचित छ । विद्यालयको प्रत्येक विहान उनको उपस्थितिबाट सुरु हुन्थ्यो भने साँझ ढोका बन्द गर्नु उनको जिम्मेवारी हुन्थ्यो । बिहानको घण्टी बजाउने, कक्षा कोठा सफा गर्ने, प्रयोगशालाको व्यवस्था मिलाउने र अन्य सहायक कामहरू उनले नियमित रूपमा सम्हाल्थे।

तर आज उनको विदाइको दिन, विद्यालयले मायाको चिनो र फूलमालाले सम्मान त दिइयो, तर हातमा पेन्सन र उपदान थिएन। उनको भोगाइमा ४५ वर्षको श्रमको कुनै अतिरिक्त सुनिश्चित सुरक्षा वा सुविधा प्राप्त थिएन । केबल सरकारी पारिश्रमिकले उनलाई जीवनका थकाइका बोझ मात्र प्रदान गरेको थियो । भव्य कार्यक्रमको खुशीभित्र र मुस्कानभित्र लुकेको पीडा स्पष्ट देखिन्थ्यो।

विद्यालयका शिक्षकहरूको मतमा, केशव दाइ जस्ता न्यून वेतनभोगी कर्मचारीहरूको योगदान केवल पेशागत कर्तव्यभन्दा बढी हुन्छ। उनीहरूले विद्यार्थीको सिकाइ, शैक्षिक वातावरण र विद्यालयको दैनिक सञ्चालनमा अपार योगदान गर्छन् । तर, पेशाको मर्यादा र सामाजिक सम्मान पर्याप्त नहुँदा उनीहरूको योगदान समाजमा प्रायः अदृश्य रहन्छ। केशव दाइको विदाइले यही असमानता र चुनौतीलाई उजागर गरेको छ।

विद्यालयका प्रधानाध्यापक झलक बहादुर रायमाझीले कार्यक्रममा भने, “केशब दाइ हाम्रो विद्यालयको अभिन्न हिस्सा हुनुहुन्थ्यो। उहाँको मेहनत, अनुशासन र निःस्वार्थ योगदानले विद्यालयलाई सुसंगठित राख्न ठूलो भूमिका खेलेको छ। आज उहाँलाई विदाइ दिनु हाम्रो लागि सम्मानको विषय हो, तर यो विदाइले उहाँको योगदानको पूर्ण मूल्यांकन गर्न सक्दैन।”

विद्यार्थीहरूले पनि आफ्नो प्रिय ‘दाइ’लाई विदाइ दिने क्रममा भावविह्वल हुँदै, उनका प्रेरक कर्म र सहयोगका क्षणहरू सम्झिए। यस्तै शिक्षक साथीहरूले पनि केशब दाइसँग धेरै कुरा सिकेका र समयको मूल्य, धैर्यता, र समुदायप्रति जिम्मेवारीका कारण उनी विद्यालयका लागि एउटा प्रतीकका रुपमा रहेका बताएका थिए । 

केशव दाइका आफन्त र गाउँलेहरूले पनि विद्यालय परिसरमा उपस्थित भई उनलाई सम्मान व्यक्त गरेका थिए । उनीहरूले  ४५ वर्षसम्म एउटै विद्यालयमा रहनु, निःस्वार्थ सेवा गर्नु सजिलो काम नभएकाे र उनले समाज र विद्यालयलाई देखाएकाे योगदानको मूल्यांकन हुनु जरुरी  रहेकाे बताए ।

यस अवसरमा विद्यालयले उनलाई सम्झनाका सानो उपहारसहित धन्यवाद ज्ञापन गरेकाे थियाे । भलेही सामाजिक सुरक्षा र वित्तीय सुविधा सीमित थियो, तर विद्यालयले उनको योगदानलाई स्मरण गर्दै विदाइ दिएको थियो । केशव दाइले आफ्नो जीवनभर विद्यालयमा बिताएको मेहनत, समर्पण र प्रतिबद्धता सबैको मनमा अमिट छाप छोडेको छ।

विदाईको दिन उनी विद्यालयबाट बाहिर निस्किँदा, फूलमालाले सिंगारिएका अनुहारमा मुस्कान थियो, तर त्यो मुस्कानभित्र लुकेको पीडा र वर्षौंको श्रमको थकाइ स्पष्ट देखिन्थ्यो। उनका लागि अब विद्यालयले शुभकामना व्यक्त गरेको छ– उहाँका आगामी दिन सुखमय होस्, र उहाँले देखाएको निःस्वार्थता र समर्पण अरूलाई प्रेरणा दिऊँ भन्ने आशा व्यक्त गरिएको छ।

केशव दाइको विदाइले विद्यालय र समाजका लागि एउटा सन्देश दिएको छ । निःस्वार्थ सेवा गर्ने व्यक्तिको मूल्यांकन र सम्मान आवश्यक छ, भलै पेन्सन वा आर्थिक सुविधा सीमित किन नहोस्। यस्तो योगदानलाई उचित सम्मान र सम्मानजनक परिस्थितिसहित सम्झनु मात्र सबैको सामाजिक दायित्व हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending