काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले विकल्पबिना सुकुमबासी बस्तीमा डोजर नचलाउन काठमाडौँ महानगरपालिकालाई कडा चेतावनी दिएको छ। शनिबार विज्ञप्ति जारी गर्दै अलायन्सले महानगरले पुनः विभिन्न सुकुमबासी बस्तीहरूमा डोजर चलाउने तयारी गरिरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताको यति ठूलो हिस्सा आफ्नै देशमा भूमिहीन र विस्थापित बनाइने अवस्थालाई बेवास्ता गरेर सुकुमबासी बस्ती हटाउने निर्णय गर्नु अत्यन्त खेदजनक छ।”
अलायन्सका अनुसार महानगरले कानूनी प्रक्रिया, तथ्याङ्क र वैकल्पिक व्यवस्थाबिना नै बस्ती हटाउने तयारी गरेको देखिन्छ, जसले नागरिक अधिकार र मानवीय मर्यादामाथि प्रश्न उठाएको छ।
‘राज्यको ऐतिहासिक बेवास्ता र सामाजिक विभेदको निरन्तरता’
विज्ञप्तिमा नेपालमा भूमिहीन र सुकुमबासी समुदायको समस्या ऐतिहासिक विभेद, राज्यको बेवास्ता र माफियाकरणको परिणाम भएको उल्लेख छ।
“भूमिहीन र सुकुमबासी जनताको समस्या समाधान गर्न राज्यले आजसम्म कुनै ठोस कदम चाल्न सकेको छैन। अनेक आयोग बने, तर दलीय हस्तक्षेप र स्वार्थी समूहको प्रभावले समस्या झन् गहिरिँदै गएको छ,” विज्ञप्तिमा भनिएको छ।
संगठनले सहरभित्र रहेका बस्तीहरूबारे महानगरले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्न र सक्कली–नक्कली सुकुमबासीबीचको विवादमा पारदर्शिता ल्याउन माग गरेको छ।
‘सहर सबैको साझा हो’
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) अतिक्रमित जमिन खाली गराउने अभियानमा सक्रिय रहँदा यो चेतावनी आएको हो।
अलायन्सले मेयरलाई सम्बोधन गर्दै भनेको छ, “काठमाडौँ सबै नागरिकको साझा सहर हो। त्यसैले महानगरले सम्बन्धित समुदायसँग सहमतिमा वैकल्पिक व्यवस्थापन गरेर मात्र पुनःस्थापनाको कार्य अगाडि बढाउनुपर्छ।”
अलायन्सले स्थानीय सरकार र सरकारी निकायहरूलाई नागरिकप्रति उत्तरदायी बन्न आग्रह गर्दै भन्यो, “निहत्था र उत्पीडित जनतामाथि दम्भ र बेवास्ताको अस्त्र प्रयोग नगरियोस्। सार्वजनिक सम्पत्ति जनताको हो भन्ने हेक्का राखी जनउत्तरदायित्व वहन गर्न महानगर पालिका लागोस्।”
बालेनको ‘क्लिन–अप’ अभियान र विवाद
मेयर बालेनको नेतृत्वमा काठमाडौँ महानगरले अतिक्रमणमुक्त सहर अभियान चलाउँदै आएको छ। यस क्रममा बागमती किनार, टुकुचा खोला क्षेत्र र अन्य सरकारी जमिनमा बनेका अस्थायी बस्तीहरूमा डोजर चलाइएको थियो।
तर, ती बस्तीमा बसोबास गर्ने अधिकांश नागरिकले आफूहरू वर्षौँदेखि त्यहीँ बस्दै आएको र वैकल्पिक बसोबासको व्यवस्था नहुँदै बस्ती भत्काइएको भन्दै विरोध गर्दै आएका छन्।
बालेनको यो अभियानले सहर सफाइ र सार्वजनिक सम्पत्तिको व्यवस्थापनतर्फ ध्यान खिचेको भए पनि मानव अधिकार र सामाजिक न्यायको दृष्टिले यसले गम्भीर प्रश्न उठाएको नागरिक समाजको तर्क छ।
‘समाधान होइन, सहमतिको बाटो रोजौं’
विज्ञप्तिको अन्त्यमा अलायन्सले भनिएको छ, “बसोबास उठाउने द्वन्द्व होइन, समाधानको तयारी गर।” भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूलाई बासको अधिकार सुनिश्चित गर्न र उनीहरूको पुनःस्थापनाको लागि राज्य, स्थानीय सरकार र नागरिक समाजबीच सहमतिको संयन्त्र बनाउन आग्रह गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: