Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘अग्निशिखा’को लोकार्पण र परिचर्चा : आत्मालोचनाको परम्परा पुनर्जीवित गर्ने वैचारिक थालनी

खबरडबली संवाददाता

पोखरा । मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराले आयोजना गरेको वैचारिक तथा राजनीतिक पुस्तक ‘अग्निशिखा’ को लोकार्पण तथा परिचर्चा कार्यक्रम पोखरा स्थित सहिद विजय ढकाल स्मृति प्रतिष्ठानअन्तर्गत घनश्याम ढकाल स्मृति हलमा सम्पन्न भयो।

कार्यक्रमको प्रमुख उद्देश्य पुस्तकको विमोचन मात्र नभई, नेपाली क्रान्तिकारी आन्दोलनभित्र आलोचना र आत्म–आलोचनाको सहि परम्परा पुनःस्थापित गर्नुपर्ने वैचारिक बहसलाई केन्द्रमा ल्याउनु थियो।

पुस्तकका लेखक झलकपाणि तिवारी द्वारा प्रस्तुत ‘अग्निशिखा’ लाई सहभागी वक्ताहरूले वैचारिक अनुशासन, आत्मपरिक्षण र वर्गीय स्थिरताको सशक्त दस्तावेजको रूपमा मूल्याङ्कन गरे।  

“आलोचनाको चेत बलियो, आत्मालोचनाको चेत कमजोर” — प्रा.डा. लेखनाथ भट्टराई

कार्यक्रमका प्रमुख परिचर्चाकार प्रा.डा. लेखनाथ भट्टराईले पुस्तकका लेखकहरूमा मार्क्सवादी चेत उच्च रहेको तर आत्मालोचनाको चेत अझै कमजोर रहेको टिप्पणी गरे।
उनले भने, “हाम्रो आन्दोलनमा विचारको स्पष्टता छ, तर आत्म–परिवर्तनको अभ्यासमा कमजोरी छ। यो पुस्तकले त्यो चेत जगाएको छ।”

“सामन्तवादी संस्कृतिको जरो अझै उखेलिएको छैन” — गुरु शेषमणि आचार्य

गुरु शेषमणि आचार्यले क्रान्तिकारी आन्दोलनभित्रै सामन्तवादी विचार र संस्कृतिको गहिरो प्रभाव रहेको औंल्याउँदै प्रश्न गरे  “के हाम्रा नेताहरूले आफ्नै टाउकोमा तातोपानी खन्याउन सक्ने साहस राख्छन्?” उनका अनुसार आत्मालोचना भनेको संगठनभित्र आत्मसंघर्ष हो, र त्यस बिना क्रान्तिकारी चेत स्थायी हुन सक्दैन।

अन्य वक्ताहरूका धारणा

पूर्वमन्त्री त्रिलोचन ढकालले क्रान्तिकारी कम्युनिस्ट पार्टी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा आधारित हुनैपर्ने औंल्याए।  अग्रज कोमलनाथ बरालले क्रान्तिकारीहरूमा पठन–संस्कृति कमजोर हुँदै गएको चिन्ता व्यक्त गरे।

केशबहादुर परियारले दश वर्षे जनयुद्धको नेतृत्वमा वर्गीय विचलन देखिएको बताए भने, राजकाजी गुरुङले “संसदलाई सबैथोक ठान्ने दक्षिणपन्थी संसोधनवाद र जड सूत्रीय दृष्टिकोण” नै आन्दोलनको प्रमुख अवरोध भएको टिप्पणी गरे।

आत्मालोचनाको परम्परा तोड्नेहरू सामन्ती प्रभावका वाहक

कार्यक्रमपछि प्रस्तुत समिक्षात्मक धारणा अनुसार,  नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा आलोचना र आत्म–आलोचनाको सहि परम्परा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट प्रारम्भ भएको हो। तर पछि, पहाडीया सामन्ती परिवारका केही पात्रहरूले यो परम्परा तोडफोड गरे।

उनीहरूले आत्म–आलोचनाको गहिराइ बुझ्न नसकी, गालीगलौज र व्यक्तिगत आक्रोशलाई नै “आलोचना” ठाने। लेखमा भनिएको छ  “तीन दशकअघि आफूलाई महान देखाउन ‘गद्दार पुष्पलाल’ भन्न सक्नेहरू नै क्रान्तिकारी ठानिन्थे, तर वास्तविकतामा पुष्पलालकै राजनीतिक दिशानिर्देशन सहि थियो।”

यो कथनले इतिहासमा बारम्बार दोहोरिने आत्मविरोधको चित्रण गर्छ  । जहाँ क्रान्तिकारी बन्ने नाममा आत्म–समीक्षा हराउँदै गएको पाइन्छ।

‘पुष्पलाल स्कुल’को पुनर्मूल्यांकन र सकारात्मक संकेत

आजको सन्दर्भमा, क्रान्तिकारी कम्युनिस्टहरूले पुष्पलाल स्कुल प्रति नयाँ दृष्टिकोण अपनाएका छन्।  तीसको दशकमा गरिएको गलत मूल्यांकन सच्याउँदै, उनीहरूले आत्म–आलोचनाको स्प्रिट पुनः अंगाल्ने प्रयास गरेका छन्।

यसै कारण समिक्षकको निष्कर्ष  के छ भने “‘अग्निशिखा’ पुस्तकको लोकार्पण र परिचर्चा कार्यक्रमले क्रान्तिकारी चेतनाको नयाँ अध्याय सुरु गरेको छ। आत्म–आलोचनाको परम्पराको पुनर्जीवन नै यस पुस्तकको मूल उपलब्धि हो।”

के भन्छन् लेखक झलकपाणि तिवारी र पुस्तक ‘अग्निशिखा’बारे

झलकपाणि तिवारी मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखरासँग सम्बद्ध वैचारिक कार्यकर्ता हुन् । उनको लेखन मुख्यतः मार्क्सवादी सिद्धान्त, वर्ग संघर्ष, सामाजिक रूपान्तरण र आत्म–आलोचनाको संस्कृति मा केन्द्रित छ।

पुस्तक ‘अग्निशिखा’ मा १२ वटा वैचारिक र राजनीतिक निबन्ध समावेश छन् । जसमा सामाजिक द्वन्द्व, नेपाली कम्युनिस्ट आन्दोलनका विचलनहरू, पार्टीभित्रको सत्ता–संघर्ष, र वैचारिक पुनर्जागरणको आवश्यकता विषयमा विस्तृत बहस गरिएको छ।

पुस्तकको शीर्षक ‘अग्निशिखा’ प्रतीकात्मक रूपमा विचारको ज्वाला हो । जसले पुरानो धुम्मिएको चेतनामा पुनः प्रकाश फैलाउने संकेत गर्छ।

समिक्षकहरूका अनुसार, “‘अग्निशिखा’ केवल पुस्तक होइन, एक वैचारिक हस्तक्षेप हो  । जसले कम्युनिस्ट आन्दोलनलाई आत्म–समीक्षाको दिशामा फर्काउने संकेत दिएको छ।”

पोखराको घनश्याम ढकाल स्मृति हलमा सम्पन्न ‘अग्निशिखा’ लोकार्पण तथा परिचर्चा कार्यक्रम केवल विमोचन समारोह मात्र होइन, नेपाली क्रान्तिकारी विचारमा आत्मालोचनाको परम्परा पुनःस्थापित गर्ने ऐतिहासिक क्षण पनि हो।

यो कार्यक्रम र पुस्तक दुवै, “क्रान्तिकारी बन्ने साहस आत्म–समीक्षाबाट सुरु हुन्छ” भन्ने सन्देश बोकेर आएका छन्  जसले भविष्यमा मार्क्सवादी बहस र वैचारिक परिपक्वतामा नयाँ गति दिने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending