Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सरकारले राँगाभैंसी पालनमा ५० प्रतिशत अनुदान दिने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले किसानलाई राँगाभैंसी खरिद, गोठ निर्माण र घाँस उत्पादनका लागि ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासु निर्यात अभिवृद्धिका लक्ष्यसहित राँगाभैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधि कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयका अनुसार उक्त कार्यविधिबाट नेपालबाट व्यावसायिक रूपमा मासु निर्यात गर्ने लक्ष्य लिइएको छ । कार्यविधिअनुसार मासु उत्पादनका लागि पाडापाडी खरिद तथा ढुवानी, गोठ निर्माण सुधार, घाँसेबाली तथा आहारा व्यवस्थापन, पशु पहिचान र अभिलेखीकरणका गतिविधि सञ्चालन गरिनेछ ।

त्यसैगरी औषधोपचार, परजीवी नियन्त्रण, खोप कार्यक्रम, पशुपालनका लागि आवश्यक उपकरण तथा जैविक सुरक्षा कार्यक्रमसमेत यसअन्तर्गत रहनेछन् । पाडापाडी खरिद तथा ढुवानीमा प्रस्तावको कुल लागतको अधिकतम ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

पाडापाडी खरिद गर्दा सरकारी वा निजी स्रोत केन्द्रबाट खरिद गर्नुपर्ने र पशु बीमा अनिवार्य रहने व्यवस्था गरिएको छ । कार्यक्रमको कार्यान्वयन जिल्ला पशुसेवा कार्यालयमार्फत हुने र स्वीकृत वार्षिक कार्यक्रममा उल्लेख भएका जिल्लामा मात्र सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

गत साउनमा चिनियाँ साझेदारीमा सिन्धुलीमा स्थापनाका लागि “प्रोसेस्ड कुक्ड बफेलो मिट फ्याक्ट्री” निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भइसकेको छ । फ्याक्ट्री स्थापनाका लागि चीनको सिचुआन प्रान्तस्थित छेङ्दु जियान फुड कम्पनी लिमिटेड को लगानी उद्योग विभागले स्वीकृत गरेको हो ।

फ्याक्ट्री निर्माणको काम हिमालय इन्टरनेसनल प्रालि ले अघि बढाइरहेको छ । कम्पनीका अध्यक्ष डा. नवीन शर्माका अनुसार आगामी मङ्सिरदेखि फ्याक्ट्री निर्माण सुरु गरिनेछ। “गत भदौमा भएको जेनजी आन्दोलनका कारण चिनियाँ लगानीकर्ता फर्किएपछि केही ढिलाइ भयो, तर अहिले लगानीकर्ता आइसकेका छन्, निर्माण छिट्टै सुरु हुनेछ,” शर्माले भने । 

फ्याक्ट्रीका लागि कम्पनीले हालसम्म १४ बिघा जग्गा खरिद गरिसकेको र बाँकी जग्गा प्राप्त गर्ने प्रक्रिया जारी रहेको छ । कुल ५० बिघा जग्गामा उद्योग निर्माण गरिनेछ । दुई सिफ्टमा काम गराएर आठ महिनाभित्र निर्माण सक्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक वर्षभित्र मासु निर्यात सुरु गर्ने लक्ष्य राखिएको छ । नेपालबाट दैनिक पाँच सय टनसम्म मासु निर्यात गर्ने तयारी भइरहेको र १५ मङ्सिरदेखि किसान स्तरमै राँगाभैंसीपालन सुरु गरिने बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: