Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डमा विस्तार हुँदै

खबरडबली संवाददाता

काठमाडौं । मेचीदेखि महाकालीसम्म फैलिएको देशकै मुख्य यातायात ‘लाइफलाइन’ — पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) हाल एसियाली मापदण्ड अनुसार विस्तार भइरहेकाछन् । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा राजमार्गका छ वटा खण्डमा काम तीव्र गतिमा भइरहेको छ ।

दुई लेन चौडाइ भएको राजमार्ग अहिले सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजङ्गल तथा सवारी चाप कम भएका क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर सुशीलबाबु ढकालले जानकारी दिए ।

छ खण्डमा विस्तार भइरहेकाे छ । जसमा काँकडभिट्टा–इटहरी ९३ किमि, कञ्चनपुर–कमला ८६.८३ किमि, कमला–ढल्केबर–पथलैया (१३० किमि, नारायणगढ–बुटवल ११३ किमि, बुटवल–गोरुसिङ्गे–चनौटा ६९ किमि, कपिलवस्तु–दाङ/धानखोला–शिवखोला ४० किमि पर्छन् ।

यीमध्ये कमला–ढल्केबर–पथलैया र बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा, काँकडभिट्टा–इटहरी, कञ्चनपुर–कमला, र नारायणगढ–बुटवल खण्ड एडीबीको सहयोगमा, भने कपिलवस्तु–दाङ/धानखोला–शिवखोला खण्ड एमसिसी परियोजनाअन्तर्गत निर्माणाधीन छन् ।

२०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु भए पनि एमसिसी अन्तर्गतको खण्डबाहेक अरू कुनै खण्डको काम अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।

काँकडभिट्टा–इटहरी खण्डको ठेक्का २०८० असोज २३ गतेदेखि कार्यान्वयनमा आएको हो । अहिलेसम्म २१ प्रतिशत भौतिक प्रगति भएको छ । रुख कटान, विद्युत्–खानेपानी संरचना हटाउने, माटो पुर्ने र पुल तथा कलभर्ट निर्माण भइरहेको एडीबी निर्देशनालय प्रमुख चूडाराज ढकालले जानकारी दिए । 

आयोजनाको कुल लागत ३४ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा हालसम्म ६ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ ।
निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा नदीका पुलहरूको स्तरोन्नति गर्नुपर्नेछ । योजना २०८३ माघ १८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ ।

कञ्चनपुर–कमला खण्डमा २०७७ असार ११ गते ठेक्का सम्झौता भएको यस खण्डको निर्माण म्याद थपिएर २०८३ पुस १६ गतेसम्म पुर्‍याइएको छ । हालसम्म ५०.३ प्रतिशत भौतिक र ५६.२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

१५ अर्ब ६६ करोड रुपैयाँ लागत रहेको परियोजनामा दुई खण्डमा विस्तार कार्य भइरहेको छ । यस खण्डमा ५४ मुख्य पुल, २१८ कलभर्ट र करिब ७५ किलोमिटर ड्रेन निर्माण गर्नुपर्नेछ ।

कमला–ढल्केबर–पथलैया खण्डमा ठेक्का सम्झौता २०८१ पुस १७ गते भएको हो । तीन वर्षभित्र (२०८४ पुस १६ गतेसम्म) सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु भइसकेको छ । हालसम्म १०.९१ प्रतिशत भौतिक र १०.२६ प्रतिशत वित्तीय प्रगति भएको छ । कुल लागत ३२ अर्ब ३० करोड रुपैयाँ रहेकोमा ३ अर्ब ६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

नारायणगढ–बुटवल खण्डकाे २०७५ पुस ४ गते काम सुरु भएको यो खण्ड २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो । हाल ६९.१८ प्रतिशत भौतिक र ६२.४० प्रतिशत वित्तीय प्रगति भएको छ । परियोजनाको म्याद २०८३ साउन ७ गतेसम्म थपिएको छ । सुरुवाती लागत १६ अर्ब ९९ करोड रुपैयाँ रहेकामा अहिले १७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

बुटवल–गोरुसिङ्गे–चनौटा खण्डकाे ठेक्का आर्थिक वर्ष २०८०/८१ मा भएको हो । आर्थिक वर्ष २०८४/८५ भित्र काम पूरा गर्ने लक्ष्य राखिएको छ । हालसम्म १२.३३ प्रतिशत भौतिक र ८.७५ प्रतिशत वित्तीय प्रगति भएको छ ।आयोजनाको कुल लागत १८ अर्ब रुपैयाँ रहेको छ ।

राजमार्ग विस्तार सम्पन्न भएपछि तराई–मधेशका सहरहरूबीच यातायात सहज हुने, पारवहन समय घट्ने, र देशको आधाभन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: