Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

गृहमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृह मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा दुवैपक्षबीच शान्ति सुरक्षा र आगामी निर्वाचनका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले निर्वाचन सफल बनाउन भारत सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

मन्त्री अर्यालले भने निर्वाचनलाई भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक सबै पहल गरिरहेको बताएका छन् । खुला सिमानाका कारण निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण हुने मन्त्री अर्यालले भेटक्रममा बताएका थिए ।

नेपाल र भारतबीच नियमित रूपमा सीमा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र सूचना आदानप्रदान गर्ने सम्झौता रहेको छ । दुवै देशबीच सीमा सुरक्षाका लागि संयुक्त टोली पनि कार्यरत छ । यो भेटवार्ता नेपालमा हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले भएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाको एकता सन्देश सभा सम्पन्न

हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...

चोरी गरेको ६५ लाख रकमसहित एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...

दार्चुलामा बढे मतदाता

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...

शान्ति र समृद्धितर्फ अगाडि बढाउन नेकपाको विकल्प छैन: नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...

सोसल मिडियामा विचारविहीनहरूको होहल्ला बढ्यो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...

नेपालमा छिमेकी र शक्तिशाली देशहरूको चलखेल: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको ब...

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending