काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत्कृष्ट प्रस्तुति दिएबापत अधिकारीले ५० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गरेकी हुन्।
युट्युबमार्फत २०२६ जनवरीदेखि प्रसारण हुँदै आएको यस प्रतियोगितामा हरेक महिना विजेता घोषणा गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको आयोजक आईआईएमटी नेपालले जनाएको छ।
प्रतियोगिताको विशेषता भनेको सहभागीले घरमै बसेर मोबाइल वा क्यामेरामार्फत आफ्नो प्रतिभाको प्रस्तुति खिचेर पठाउन सक्नु हो। भौतिक रूपमा कुनै स्थानमा उपस्थित नभई डिजिटल माध्यमबाटै प्रतिस्पर्धा गर्न सकिने भएकाले देशका जुनसुकै ठाउँमा रहेका प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाइ छ।
गायन, नृत्य, अभिनयलगायत विभिन्न विधामा प्रतिभा प्रदर्शन गर्न इच्छुकले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार यसले प्रतिभा देखाउन ठूला सहरमा पुग्नुपर्ने, महँगो यात्रा तथा बसोबास खर्च बेहोर्नुपर्ने र लामो समयसम्म अडिसनमा सहभागी हुनुपर्ने परम्परागत प्रक्रियालाई सहज बनाएको छ।
प्रतियोगितामा प्राप्त प्रस्तुतिलाई निर्धारित मापदण्डअनुसार समीक्षा गरी आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गरिनेछ। त्यसपछि दर्शकको छनोट र मतदानलाई समेत आधार बनाएर मासिक विजेता घोषणा गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कुनै एक व्यक्ति वा निर्णायक मण्डलको व्यक्तिगत रोजाइमा मात्र विजेता निर्भर नहुने र आधिकारिक मतदान तथा सहभागिता प्रणालीमार्फत दर्शकको समर्थनलाई समेत मूल्याङ्कनको आधार बनाइने आयोजकको भनाइ छ। कृत्रिम रूपमा बढाइएका मत तथा सहभागितालाई भने मान्यता नदिइने स्पष्ट पारिएको छ।
प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन अगस्टदेखि ‘आईआईएमटी गोल्डेन एरो अवार्ड’ र ‘आईआईएमटी बुल्सआई अवार्ड’ समेत सुरु गर्ने तयारी गरिएको छ।
आईआईएमटी नेपालले देशभर रहेका गायक, नर्तक, अभिनेता तथा विभिन्न विधाका प्रतिभाशाली व्यक्तिलाई आगामी प्रतियोगितामा सहभागी भएर आफ्नो प्रतिभा प्रस्तुत गर्न आह्वान गरेको छ।
प्रतियोगीका प्रस्तुति, विजेता घोषणा तथा अन्य सामग्री आयोजकको आधिकारिक युट्युब च्यानल ‘इट इज माइ ट्यालेन्ट नेपाल’मार्फत नियमित रूपमा सार्वजनिक हुँदै आएका छन्। प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन आयोजकको आधिकारिक वेबसाइट itismytalent.com मार्फत जानकारी लिन सकिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: