Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

उपेन्द्र यादवद्वारा संविधान पुनर्लेखन र जननिर्वाचित राष्ट्रपतीय प्रणालीको माग

खबरडबली संवाददाता

सप्तरी । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियाँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले वर्तमान संसदीय व्यवस्था असफल भई मुलुक संकटमा परेको दाबी गरे । उनले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको आवश्यकता औंल्याउँदै संविधान संशोधन गरेर त्यस दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, “राष्ट्रपति प्रत्यक्ष जनताबाट चयन हुनुपर्छ । सांसदले कानुन बनाउन, बजेट पारित गर्न र सरकारको निगरानी मात्र गर्नुपर्छ । सरकारमा सहभागी हुने होइन, राष्ट्रपतिले विज्ञहरुलाई समेटेर सरकार गठन गर्ने व्यवस्था संविधानमा हुनुपर्छ ।

अध्यक्ष यादवले नेपाली कांग्रेस, कम्युनिस्ट र माओवादी नेतृत्वले देशमा “कमिसन तन्त्र र लुटतन्त्र” कायम गरेको आरोप लगाए । उनका अनुसार यही व्यवस्थाको परिणामस्वरूप देशमा ‘जेन–जी आन्दोलन’ जस्ता परिस्थितिहरू देखा परेका हुन् ।

कार्यक्रममा माओवादी केन्द्रका पालिका अध्यक्ष खगेन्द्र मण्डलको नेतृत्वमा दुई सयभन्दा बढी कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको जिल्ला अध्यक्ष निरज मुक्तीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिस्ट पार्टी रौतामाई गाउँपालिकाको एकता सन्देश सभा सम्पन्न

हाेमबहादुर बस्नेत उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रौतामाई गाउँपालिकाको एकता सन्देश सभा रौतामाई–मुर्कुचीमा सम्पन्न भएको छ । मंगलबार रौतामाई ...

चोरी गरेको ६५ लाख रकमसहित एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको रु ६५ लाख १७ हजार रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्याल...

दार्चुलामा बढे मतदाता

दार्चुला । दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ९२ हजार ९४८ मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा जि...

शान्ति र समृद्धितर्फ अगाडि बढाउन नेकपाको विकल्प छैन: नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीले अघि सारेको समाजवादी क्रान्तिको कार्यक्रम मुलुकको विकास, समृद्धि र एकताका लाग...

सोसल मिडियामा विचारविहीनहरूको होहल्ला बढ्यो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, इतिहास तथा त्याग–बलिदानविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देश नै क...

नेपालमा छिमेकी र शक्तिशाली देशहरूको चलखेल: कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक महत्वका कारण छिमेकी मुलुकहरू र विश्वका शक्तिशाली देशहरूको चलखेल स्वाभाविक रहेको ब...

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending