काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी आर्थिक अनियमितता गरेको पाइएको छ । सो हिनामिनाको अभियोगमा सरकारी अधिकारी र निर्माण व्यवसायी गरी आठजनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सो सडक आयोजनाको लागि आ।व। २०७८र०७९ मा रू। ८३ लाख ८२ हजार ९९८।८२ लागत अनुमान स्वीकृत गरिएको थियो। सोही क्रममा त्रिपुरासुन्दरी नगरपालिकाले मिति २०७९ वैशाख २५ गते राजधानी राष्ट्रिय दैनिक र सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टलमा ठेक्का सूचना प्रकाशन गरी बोलपत्र आह्वान गरेको थियो।
अनुसन्धानका क्रममा ठेक्का प्रक्रियामा सहभागी सातवटा बोलपत्रमध्ये मूल्याङ्कन समितिले कम्पनी मालिकको नागरिकता अनिवार्य नहुँदा पनि त्यसलाई शर्तका रूपमा व्याख्या गरी अन्य प्रतिस्पर्धी बोलपत्रदातालाई अस्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ।
समितिले गैरकानूनी लाभ दिलाउनका लागि उच्चतम रकम कबोल गर्ने दिव्या निर्माण सेवा प्रा।लि। लाई ठेक्का दिई न्यूनतम रकम कबोल गर्ने फर्म कृष्ण निर्माण सेवालाई अस्वीकृत गरेको देखिएको छ।
आयोगका अनुसार, दिव्या र कृष्ण निर्माण सेवाका बोलपत्र कागजातहरू एउटै व्यक्तिले हस्ताक्षर गरेको, दुवैका कार्य तालिका, घोषणा पत्र पनि उस्तै रहेको पाइएपछि मिलेमतो गरी भ्रष्टाचार गरिएको निष्कर्षमा पुगेको छ। यसरी ठेक्का निर्णय गर्दा रु। ५५ लाख ८९ हजार ०६३।०६ बराबरको सरकारी हानि भएको ठहर आयोगले गरेको हो।
आयोगले सो मुद्दामा देहायका प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको छ:
त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल,
तत्कालीन इन्जिनियर कर्ण बहादुर कार्की,
प्रशासकीय अधिकृत हिरा चन्द्र धराला,
शिक्षा अधिकृत भिम बहादुर थापा,
बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा,
एमआइएस अपरेटर हरिचन्द्र बिष्ट,
बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरुङ,
दिव्या निर्माण सेवा प्रा.लि., दुनै, डोल्पा र उक्त निर्माण सेवाका प्रो।भीमराज न्यौपाने।
आयोगले उनीहरू सबैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा १७ र १९ बमोजिम कैद, जरिवाना र बिगो असुलीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सार्वजनिक पदको दुरुपयोग गरी राज्यलाई आर्थिक हानि पुर्याउने तथा गैरकानूनी लाभ लिने कार्यमा संलग्न जो कोहीमाथि पनि अख्तियारले कानूनी कारबाही अघि बढाउने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १८:२७
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...
जेष्ठ २७ गते, २०८३ - १७:३५
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...
जेष्ठ २७ गते, २०८३ - १७:२८
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...



प्रतिकृया लेख्नुहोस्: