Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रास्वपाकाे उम्मेदवार छनोट मापदण्ड: आवेदन शुल्क ५० हजार

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत प्रक्रिया सार्वजनिक गर्दै मापदण्ड बनाएको छ । पार्टीले यसपटक उम्मेदवार छनोटमा पारदर्शिता, योग्यता र जिम्मेवारीलाई प्राथमिकता दिने घोषणा गरेको छ ।

चितवनको सौराहामा कात्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यद्वारा प्रस्तुत उम्मेदवार छनोट रूपरेखालाई स्वीकृत गर्दै उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको थियो । बैठकले तय गरेको यो प्रक्रिया अनुसार केही दिनभित्र औपचारिक कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ ।

सहमहामन्त्री आचार्यका अनुसार रास्वपाले बनाएको मापदण्डले “गलत व्यक्ति देश सञ्चालनमा पुग्ने सम्भावना न्यून पार्ने” उद्देश्य लिएको छ । “प्रशासनमा सामान्य कर्मचारी छनोट गर्दा मापदण्ड बनाइन्छ भने देश चलाउने नेतृत्व छनोट गर्दा त झनै स्पष्ट मापदण्ड चाहिन्छ । पुराना पार्टीहरूले यही कमजोरी गर्दा देशको अवस्था यस्तो बनेको हो,” उनले भने ।

रास्वपाको उम्मेदवार छनोट मापदण्ड मापनयोग्य हुने र फ्याक्टर रेटिङ मेथड अर्थात् कारक मूल्याङ्कन विधिअनुसार अंक भार दिइनेछ । प्रत्येक मापदण्डका सूचकमा प्राप्ताङ्कको समष्टि आधारमा उम्मेदवार छनोट गरिने बताइएको छ ।
केन्द्रीय समितिले अनुमोदन गरेको विशेष अवस्थामा बाहेक सबै उम्मेदवारले पाँच आधारभूत मापदण्ड पूरा गर्नुपर्नेछ । उम्मेदवार क्लब, लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी
समावेशिता, प्रारम्भिक निर्वाचन रहेका छन् । यी मापदण्ड पूरा नगरेका उम्मेदवारलाई छनोट प्रक्रियाबाट हटाइने व्यवस्था छ ।

रास्वपाबाट उम्मेदवार बन्न इच्छुक सदस्यले अनलाइन वा अफलाइन दुवै माध्यमबाट आवेदन दिन सक्नेछन् । आवेदन शुल्क ५० हजार रूपैयाँ तोकिएको छ । तर आर्थिक कारणले शुल्क तिर्न नसक्नेले कारणसहित निवेदन पेश गरेमा पार्टीले निःशुल्क अवसर दिनेछ ।

आचार्यका अनुसार उम्मेदवार क्लबमा सहभागी हुन इच्छुकले योग्यता परीक्षण, अभिलेखीकरण लगायतका प्रक्रिया पूरा गर्नुपर्नेछ । “हाम्रो पार्टीले संविधान, कानुन र पार्टीको मापदण्ड पूरा गरेका व्यक्तिलाई मात्रै अवसर दिनेछ,” उनले स्पष्ट पारे । यसअघि रुपन्देही–३ का लागि तोकिएको प्रतिनिधिसभा उपनिर्वाचनमा रास्वपाले २५ हजार सेवा शुल्क लिएको थियो, यो पटक शुल्क बढाइएको छ ।

उम्मेदवारले संवैधानिक प्रावधान, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र पार्टीको विधानमा तोकिएका योग्यताहरू पूरा गर्नुपर्नेछ । साथै, उम्मेदवारले स्वघोषणा गर्नुपर्ने प्रावधान पनि राखिएको छ 
सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र वैध भएको, घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार वा धम्की नगरेको,
जाति, लिङ्ग, धर्म वा कमजोर समूहको शोषण नगरेको आदि । यी सबै कुरामा उम्मेदवारले आफ्नो प्रतिबद्धता दस्तावेजमार्फत प्रमाणित गर्नुपर्नेछ । 

रास्वपाले उम्मेदवार छनोटमा निष्पक्षता कायम गर्न अडिट समिति गठन गर्ने निर्णय गरेको छ । यो समितिले प्रारम्भिक निर्वाचनको मतदाता नामावली, मतदान, मतगणना र नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र विधिसम्मत भए/नभएको मूल्याङ्कन गर्नेछ ।

पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रियाको ५० प्रतिशत अंकभार प्रारम्भिक निर्वाचनबाट निर्धारित हुनेछ । युवालाई २७ प्रतिशत, विदेश फर्किएका नेपालीलाई १० प्रतिशत कोटा ताेकिएकाे छ ।

रास्वपाले परम्परागत समानुपातिक बन्दसूचीलाई सुधार गर्दै वैज्ञानिक, तथ्यपरक र समावेशी प्रणाली लागू गर्ने घोषणा गरेको छ । संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टरसँगै जनसांख्यिक र प्रादेशिक अनुपातलाई पनि आधार मानी २०७९ सालको आम निर्वाचनमा प्राप्त मतको प्रादेशिक अनुपातका आधारमा ११० जना उम्मेदवारको बन्दसूची तयार गर्ने योजना बनाइएको छ ।

त्यसमध्ये ४० वर्षमुनिका युवाका लागि २७ प्रतिशत प्रतिनिधित्व र विदेशबाट फर्किएका नेपालीका लागि १० प्रतिशत कोटा सुनिश्चित गरिएको छ । पार्टीले यसलाई ‘जेनजी पुस्ताको प्रतिनिधित्व’ भन्दै नयाँ पुस्ताको भावना र उर्जालाई संसदसम्म पुर्याउने उद्देश्य लिएको छ । 

२०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकाहरूले यस पटक सोही श्रेणीमा पुनः उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । यसले नयाँ अनुहारलाई अवसर दिने र आन्तरिक प्रतिस्पर्धा बढाउने पार्टीको नीति झल्काउँछ । उम्मेदवार बन्नेले पार्टीको केन्द्रीय अनुशासन आयोगमा आफ्नो सम्पत्ति विवरण, प्रहरी प्रतिवेदन, र पार्टी मूल्य–मान्यताप्रतिको प्रतिबद्धता पेश गर्नुपर्नेछ । साथै अन्य राजनीतिक पार्टीको सदस्यता त्याग गरेको प्रमाण पनि आवश्यक हुनेछ ।

रास्वपाले स्पष्ट पारेको छ-प्रतिनिधिसभाका लागि छनोट प्रक्रियामा सहभागी व्यक्ति त्यही अवधिभित्र हुने स्थानीय तहको निर्वाचनका उम्मेदवार बन्न पाउने छैनन् । यसले एकै समयमा दोहोरो अवसरको सम्भावना हटाउनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: