Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा

खबरडबली संवाददाता

भारत । धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ । यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको जोखिम सीमाभन्दा धेरै माथि पुगेको दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) सोमबार बिहान ३४४ मा नापिएको थियो । यो स्तर ‘गम्भीर’ श्रेणीमा पर्दछ र सास फेर्नका लागि अत्यन्त खतरनाक मानिन्छ ।

आइतबार साँझ, अभिभावक र वातावरणीय कार्यकर्ताहरू सहित सयौँ नागरिकले नयाँदिल्लीको प्रसिद्ध इन्डिया गेट अगाडि भेला भई एक दुर्लभ विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मुखमा मास्क लगाउनुका साथै ‘मलाई सास फेर्न गाह्रो भइरहेको छ’ जस्ता प्लेकार्डहरू बोकेका थिए ।

“म यहाँ एक नागरिकका रूपमा उपस्थित भएकी छु जसले सहरको बिग्रँदो हावाप्रति गहिरो चिन्ता राख्छिन् । हामी सास फेर्न पनि सङ्घर्ष गर्नुपरेको अवस्थामा पुगेका छौँ”, आफ्नो पहिलो नाम मात्र बताएकी प्रदर्शनकारी मेघनाले भनिन् ।

प्रदर्शनपछि प्रहरी प्रशासनले प्लेकार्ड र ब्यानरहरू जफत गरी प्रदर्शनकारीहरूलाई ‘अनुमति बिना प्रदर्शन नगर्न’ आग्रह गर्दै तितरबितर हुन निर्देशन दिएको थियो ।

राजधानीको बढ्दो प्रदूषणका कारण टाउको दुख्ने, आँखामा जलन र लगातार खोकीका समस्या देखिएका छन् । बासिन्दाहरूले यो वार्षिक स्वास्थ्य सङ्कट बनेको अवस्थामा नीतिगत कदमभन्दा पनि एकअर्कामाथि दोषारोपणमै सीमित रहेका राजनीतिज्ञहरूप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

करीब तीन करोड जनसङ्ख्या भएको नयाँदिल्ली र यसको वरपरका क्षेत्रहरू बर्सेनि विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा रहँदै आएका छन् । स्विट्जरल्यान्डमा आधारित वायु गुणस्तर अनुगमन संस्था ‘आइक्युएयर’को हालैको प्रतिवेदनअनुसार विश्वका १० सबैभन्दा प्रदूषित सहरमध्ये ६ वटा भारतका छन्, जसमा नयाँदिल्लीलाई सबैभन्दा प्रदूषित राजधानीका रूपमा दर्ज गरिएको छ ।

नजिकैका राज्यहरूमा किसानहरूले बालीका अवशेष जलाउँदा र जाडो मौसममा तापक्रम घटेर धुवाँ जम्दा दिल्लीको हावाको गुणस्तर झनै बिग्रन्छ । यस धुवाँमा सवारीसाधन र उद्योगहरूबाट निस्कने धुवाँ मिसिँदा विषाक्त कणहरू लामो समयसम्म हावामा रहन्छन् । सुक्खा र हावा रहित मौसमका कारण कहिलेकाहीँ प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित सीमाभन्दा २० गुणा बढी पुग्ने गरेको छ ।

प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले अस्थायी रूपमा निर्माण कार्यमा प्रतिबन्ध लगाउनुका साथै डिजेल जेनेरेटरको प्रयोग रोकेका छन् । साथै, वर्षा गराउने आशाले ‘क्लाउड सिडिङ’ को प्रयोगसमेत गरिएको छ । यद्यपि, वातावरणविद्हरूको भनाइमा दीर्घकालीन रूपमा उत्सर्जन घटाउने ठोस नीति र स्थायी समाधानले मात्र राजधानीका नागरिकहरूलाई साँच्चिकै राहत दिलाउन सक्छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: