Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

जलवायु परिवर्तनले लाखौँ विस्थापीत : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

खबरडबली संवाददाता

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण विश्वभर लाखौं मानिसहरु विस्थापित भएको पुष्टि गरेको छ ।

ब्राजिलमा ३० औँ संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०) हुनु अघि जारी गरिएको एक प्रतिवेदनमा युएनएचसीआरले विगत एक दशकमा मौसम सम्बन्धी प्रकोपहरूले लगभग २५ करोड आन्तरिक विस्थापनहरू निम्त्याएको जनाएको छ ।

दक्षिण सुडान र ब्राजिलमा बाढी, केन्या र पाकिस्तानमा रेकर्ड तोड्ने तापक्रम र चाड र इथियोपियामा पानीको अभावलाई उद्धृत गर्दै द्वन्द्वबाट विस्थापित तीन चौथाई मानिसहरू मुख्यतः जलवायु परिवर्तनको प्रभावको जोखिममा रहेको जनाइएको छ ।

प्रतिवेदनले जलवायु परिवर्तनले विस्थापित समुदायहरू, र द्वन्द्व प्रभावितहरूलाई तुलनात्मक रुपमा धेरै समस्या सामना गर्नु पर्ने जटिलता बडाइ दिएको जनाएको छ ।

युएनएचसीआरका अनुसार जलवायु परिवर्तनको नतिजालाई अनुकूल बनाउनका लागि उपलब्ध कोषको एक चौथाई मात्र द्वन्द्वबाट खतरामा परेका देशहरूमा पुग्छ, जहाँ प्रायः ठूलो सङ्ख्यामा शरणार्थीहरू बसोबास गर्छन् । कोप– तथा वार्षिक संयुक्त राष्ट्र जलवायु सम्मेलनलाई प्रायः गरिब देशहरूले बढ्दो कठोर जलवायु अवस्थालाई अनुकूल बनाउन धनी राष्ट्रहरूबाट थप कोष व्यवस्थापनका लागि स्थापित मञ्चको रूपमा लिइएन्छ ।

स्थिरता चाहनेहरुले जोखिममा रहेका मानिसहरुको थप विस्थापन रोक्नुका साथै जलवायु वित्तपोषण किनारमा बसोबास गर्ने समुदायहरूमा पुग्न आवश्यक रहेको “संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका आयुक्त फिलिपो ग्रान्डीले बताए । उनले जलवायु सम्मेलनमा सहभागीहरूलाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्न आग्रह गर्दै कोपले प्रतिज्ञा मात्र नगरी वास्तविक कार्य गर्नुपर्ने जनाएका छन् ।

ब्राजिलको अमेजन वर्षावनमा रहेको बेलेम सहरमा हुने दुई हप्ताको वार्ताका लागि १९० भन्दा बढी देशका करिब ५० हजार सहभागीहरू भेला भइरहेका छन् । उनीहरूले जलवायु सङ्कट र यसका विनाशकारी प्रभावहरूलाई कसरी नियन्त्रण गर्ने भन्ने बारे छलफल गर्नेछन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् ।  वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...

सङ्खुवासभाको सभापोखरीमा अस्पताल सञ्चालन

खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...

भारतका खानी क्षेत्रमा सौर्य बत्तिले महिलामा आशा र आत्मनिर्भरता

भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...

यमनमा शान्ति प्रयासः २६ शव हस्तान्तरणसँगै वार्ताको वातावरण सहज

साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...

क्यानाडाको श्रम बजारमा सुधार

ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...

नवलपुरमा ६ सय ६६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...

महोत्तरीमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  बर्दीबासस्थित...

बर्दियामा लागूऔषधसहित दुईजना पक्राउ

बर्दिया । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालि...

एनपिएल: चितवनमाथि पोखराको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि आठ विकेटको सहज जित निकालेको छ । शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा भएक...

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending