Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

आन्दोलनका मागहरूलाई संस्थागत गर्न जेनजीले बुझाए सरकारलाई सम्झौतापत्रको मस्यौदा

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले आन्दोलनका मागहरू व्यवहारमा लागू गर्न सरकारसँग लिखित सम्झौता गर्नुपर्ने भन्दै सम्झौतापत्रको मस्यौदा प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

जेनजी मुभमेन्ट एलायन्सका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका मागहरूलाई संस्थागत गर्न र राज्यद्वारा भएका दमनका घटनामा न्याय दिलाउन सम्झौता आवश्यक भएको हो ।

मस्यौदामा तत्कालीन सरकारले गरेको ‘क्रूर दमन र प्रहरी बर्बरता’ का कारण ‘जनसंहार’का सिकार बनेका जनआन्दोलनकारी तथा सर्वसाधारणलाई शहीद घोषणा गर्नुपर्ने माग गरिएको छ । त्यस्तै, भदौ २३ देखि २५ गतेसम्मका घटनाको निष्पक्ष छानबिनका लागि एक जाँचबुझ आयोग गठन गरी आन्दोलनका क्रममा भएका हत्या र मानवअधिकार उल्लङ्घनमा संलग्न पदाधिकारीहरूलाई शीघ्र र निष्पक्ष रूपमा कारबाहीका लागि सिफारिस गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

मस्यौदामा सङ्क्रमणकालीन न्यायका सिद्धान्तअनुसार, आपराधिक मनसायले भएका हिंसात्मक कार्यहरूको अभियोजनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार विशेषज्ञ र द्वन्द्व व्यवस्थापन विज्ञहरू सम्मिलित स्वतन्त्र न्यायिक आयोग गठन गर्ने व्यवस्था गरिएको छ । आयोगले ९० दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

जघन्य अपराध बाहेकका घटनामा पक्राउ परेका आन्दोलनकारीलाई तत्काल थुनामुक्त गरी अनुसन्धान आयोगमा हस्तान्तरण गर्ने प्रावधान पनि मस्यौदामा समावेश छ ।
त्यस्तै, सबै प्रकारका भ्रष्टाचार र अख्तियार दुरुपयोगको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने तथा सार्वजनिक संस्थाको दलीयकरण अन्त्य गर्न जेनजी र युवाहरू सम्मिलित कार्यदलले कानुन संशोधन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ ।

राजनीतिक दलहरूले विगतमा सार्वजनिक सम्पत्ति र कोष प्रयोग गरी आफ्ना नेताहरूका नाममा सञ्चालन गरेका प्रतिष्ठान, कोष र केन्द्रहरू खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था पनि मस्यौदामा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनताको प्रत्यक्ष पहुँचमा ल्याउने, ३० दिनभित्र उजुरीको प्रारम्भिक अनुसन्धान गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन व्यापक चुनावी सुधार को खाका मस्यौदामा समावेश गरिएको छ । यसअन्तर्गत मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सहजीकरण, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित, राजनीतिक दलहरूको खर्चमा पारदर्शिता कायम र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीलाई निर्वाचन प्रतिस्पर्धाबाट रोक लगाउने प्रावधान छन् ।

संविधानमा आवश्यक सामयिक सुधारका लागि जेनजी र युवा प्रतिनिधि सम्मिलित उच्चस्तरीय सुझाव कार्यदल गठन गर्ने प्रस्ताव पनि मस्यौदामा गरिएको छ । सम्झौताको कार्यान्वयनका लागि सरकार, जेनजी प्रतिनिधि र प्रबुद्ध नागरिक सम्मिलित अनुगमन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

जेनजी अगुवाहरूले सम्झौता पत्रमा हस्ताक्षर प्रधानमन्त्रीले गर्नुपर्ने र त्यसका लागि राष्ट्रपति साक्षीका रूपमा उपस्थित हुनुपर्ने माग गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending