Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सभामुखमा सहमति नजुट्दा बागमती प्रदेशसभा ठप्प

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पद रिक्त रहँदा सदन सञ्चालन नै अनिश्चित बनेको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच सभामुख चयनमा सहमति जुट्न सकेको छैन ।

जेनजी आन्दोलनकै क्रममा २४ भदौमा तत्कालीन सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि १ असोजमा उपसभामुख अप्सरा चापागाईंलाई औपचारिक पत्र बुझाएका थिए । पाठक राप्रपाबाट सभामुख बनेका थिए भने उपसभामुख चापागाईं एमालेकी हुन् ।

कांग्रेस र एमालेबीच असोज अन्त्यमा भएको संयुक्त बैठकमा कात्तिक पहिलो हप्ताभित्र सभामुख चयन गर्ने सहमति भए पनि निर्णय हुन सकेको छैन । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार “सभामुखमा सहमति भएपछि मात्रै प्रदेशसभा बस्ने” तयारी छ ।

एमालेका मन्त्री मधुसुदन पौडेलले दुवै दलको राजनीतिक व्यस्तता र जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भवनका कारण ढिलाइ भएको बताए । कांग्रेसले ठूलो दलको हैसियतमा सभामुखमा दाबी गरेको छ भने एमालेले उपसभामुख चापागाईंलाई नै सभामुख बनाउन प्रस्ताव अघि सारेको छ ।

माओवादी केन्द्रले भने सदन सञ्चालनका लागि सभामुख पद सरकारबाहिरको दललाई दिनुपर्ने अडान लिएको छ । प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार, “माओवादीलाई सभामुख नदिए सरकारलाई प्रतिपक्षको रचनात्मक सहयोग पाउने छैन ।”

प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत १७ भदौयता बैठक बसेको छैन । २४ भदौमा जेनजी प्रदर्शनका क्रममा सचिवालय र नवनिर्मित भवनमा आगलागी हुँदा पूर्ण क्षति पुगेको थियो। अहिले सरकारले हेटौंडा–२ स्थित सभाहलबाट बैठक सञ्चालनको तयारी गरिरहेको छ ।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरका इन्जिनियर राजन गौतमका अनुसार करिब १९ लाख रुपैयाँ खर्चमा सभाहलको मर्मत सम्पन्न भए पनि कुर्सी र विद्युतीय उपकरणको अभाव अझै छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending