उदयपुर । गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरू घाइते भएका छन् ।
गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना. १ ज. ८३९१ नम्बरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटना पश्चात घाइतेहरूलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको र बिरामीहरूको अवस्थाअनुसार कसैलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।
कतिपयलाई सामान्य उपचार पश्चात घर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए । प्रनाउ दोङका अनुसार चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका–३, मोतिगडामा अस्थाई रूपमा बस्दैआएका वर्ष २६ को उपेन्द्र साह समेत घाइते भई जिल्ला अस्पतालमा उपचाररत रहेको र अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ ।
त्रियुगा नगरपालिका–११, सङ्गमटोल बस्ने वर्ष ६० की रामकुमारी राई, त्रियुगा नपा १२ बस्ने वर्ष ४४ को ज्ञानेन्द्र विक, वडा ७ चुहाडे बस्ने वर्ष २२ को केवल ठकुरी, वडा २ खैजनपुर बस्ने वर्ष ७७ को कमलबहादुर खड्का, वर्ष ५७ को नरबहादुर खत्रीको विराटनगरस्थित विभिन्न अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।
घाइतेहरूमध्ये त्रियुगा नपा वडा ११ सङ्गमटोल बस्ने वर्ष ७४ को पूर्णबहादुर राई, वडा नं. १२ बस्ने वर्ष १७ का प्रजिता विक, जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका वडा २ बस्ने वर्ष ४५ को तीर्थ घिमिरे, जिल्ला सप्तरी सुरुङ्गा नपा वडा–१ बस्ने वर्ष २७ की चन्द्रमाया चौधरी र निजकै छोरी वर्ष ४ की एरिना चौधरी तथा जिल्ला काठमाडौँ गोकर्णेश्वर नपा –२ बस्ने वर्ष ४४ को शम्भुराज पोखरेल उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: