Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

२०८२ को निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस चलाउन कल्याण गुरुङको आह्वान

राजनीतिक नवीनीकरण र आत्मसुधारतर्फ कांग्रेसको बाटो

खबरडबली संवाददाता

काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीलाई अब आगामी २०८२ साल फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न आग्रह गरेका छन्।

उनका अनुसार, यही निर्वाचनले नेपालको संविधानलाई पुनः मूल बाटोमा ल्याउने, र देशलाई स्थायित्वतर्फ उन्मुख गराउने निर्णायक मोड बन्न सक्छ।

"चुनावले मात्र संविधानलाई मूल बाटोमा ल्याउने उनकाे तर्क रहेकाे छ । गुरुङले विषम राजनीतिक परिस्थितिले देशलाई “सीधा बाटोबाट अलिकति अलग पारेको” बताउँदै भने  “अब संविधानको आत्मालाई चुनावले मात्र पुनः जीवन दिन सक्छ।” 

उनले कांग्रेसको केन्द्रीय कार्यसमिति देखि वडा कार्य समितिसम्मका सबै तहहरू तन, मन र वचनले निर्वाचन तयारीमा जुट्नुपर्नेमा जोड दिए। उनको बुझाइमा, आगामी चुनावले बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित र चलायमान बनाउनेछ।

सर्वोच्चको निर्णयप्रति सम्मान

प्रतिनिधि सभा पुनर्बहालीसम्बन्धी सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्विकार्य हुने बताउँदै उनले दलले संवैधानिक सर्वोच्चताको सम्मान गर्नुपर्ने बताए । यसबाट कांग्रेसको संवैधानिक र लोकतान्त्रिक पहिचान बलियो हुने उनको तर्क थियो।

गुरुङका ६ बुँदात्मक सुझाव

गुरुङले पार्टी संगठन र नीतिगत दिशाबारे केही ठोस सुझाव पनि सार्वजनिक गरेका छन् ।

उम्मेदवार छनोटमा नयाँ अनुहार

कांग्रेसले सबै तहका चुनावमा — प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रिय सभा र स्थानीय तह —
अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव।
“राजनीतिक न्याय, सुरक्षा र अवसरको समान वितरण” कांग्रेसभित्र व्यवहारिक रूपमा देखिनुपर्छ, उनले भने।

कार्य सम्पादन समितिमा युवाको आधा प्रतिनिधित्व

कांग्रेसको विधानको धारा २३ अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिमा अहिलेसम्म अवसर नपाएका युवाहरूलाई (५०% पुरुष, ५०% महिला) समावेश गर्नुपर्ने।

संसदीय समितिमा पनि युवा समानता

धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिमा पनि समान अनुपातमा नयाँ र युवा सदस्यहरूलाई स्थान दिनुपर्ने सुझाव।

गठबन्धनविनाको निर्वाचन

गुरुङले भने “कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहमा आफ्नै उम्मेदवार लिएर एक्लै चुनाव लड्नुपर्छ।” उनका अनुसार, अन्य दलसँग गठबन्धनले पार्टीको पहिचान र संगठनात्मक आत्मविश्वास कमजोर बनाएको छ।

राष्ट्रिय पदहरूमा लचिलो नीति

तर, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदका लागि चाहिँ आवश्यकता अनुसार गठबन्धन गर्न सकिने लचिलो नीति राख्न सकिने उनले बताए।

सरकार गठनमा स्पष्ट नीति

गुरुङले प्रस्ताव गरे — कांग्रेसले या त प्रतिनिधि सभामा एकल बहुमत प्राप्त नगरेसम्म सरकार नबनाउने, वा बहुमत नआएमा वैधानिक रूपमा अन्य दलहरूसँग गठबन्धनको व्यवस्था खुला राख्ने निर्णय गर्नुपर्छ।

उनका अनुसार, “मौसम र मूड अनुसार बोल्ने प्रवृत्ति” रोक्नका लागि पार्टीले यसबारे स्पष्ट वैधानिक नीति तय गर्न जरुरी छ।

आत्मसुधारतर्फ कांग्रेस

गुरुङको यो दृष्टिकोणलाई कांग्रेसभित्रका प्रजातान्त्रिक कार्यकर्ताले आत्मसमीक्षा र नयाँ पुस्ता अभिमुख सुधारको आवाजका रूपमा लिएका छन्।
पार्टी भित्रैबाट युवाहरूको सहभागिता र अवसर विस्तारको माग बढ्दो छ, र गुरुङको प्रस्तावले त्यो मागलाई औपचारिक स्वर दिएको छ।

कांग्रेस अहिले सत्ताको गणनाभन्दा बढी, विश्वासको पुनर्निर्माणमा उत्रनुपर्ने समय रहेकेा राजनीतिक विश्लेषकहरू बताउँछन् ।

२०८२ को निर्वाचन कांग्रेसका लागि केवल राजनीतिक परीक्षा होइन, यो लोकतान्त्रिक पुनर्जागरणको अवसर पनि हो। कल्याण गुरुङका सुझावले पार्टीलाई संगठनात्मक नवीनीकरण, नीति–सुस्पष्टता र युवा समावेशितातर्फ ध्यान दिनुपर्ने सन्देश दिएको छ।

अब प्रश्न केवल यही हो  कांग्रेसले यो अवसरलाई आत्मसुधारको मोडमा रूपान्तरण गर्न सक्ला कि फेरि चुनाव नजिकिँदा मात्र ब्युँझिने?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending