Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

२०८२ को निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस चलाउन कल्याण गुरुङको आह्वान

राजनीतिक नवीनीकरण र आत्मसुधारतर्फ कांग्रेसको बाटो

खबरडबली संवाददाता

काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीलाई अब आगामी २०८२ साल फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न आग्रह गरेका छन्।

उनका अनुसार, यही निर्वाचनले नेपालको संविधानलाई पुनः मूल बाटोमा ल्याउने, र देशलाई स्थायित्वतर्फ उन्मुख गराउने निर्णायक मोड बन्न सक्छ।

"चुनावले मात्र संविधानलाई मूल बाटोमा ल्याउने उनकाे तर्क रहेकाे छ । गुरुङले विषम राजनीतिक परिस्थितिले देशलाई “सीधा बाटोबाट अलिकति अलग पारेको” बताउँदै भने  “अब संविधानको आत्मालाई चुनावले मात्र पुनः जीवन दिन सक्छ।” 

उनले कांग्रेसको केन्द्रीय कार्यसमिति देखि वडा कार्य समितिसम्मका सबै तहहरू तन, मन र वचनले निर्वाचन तयारीमा जुट्नुपर्नेमा जोड दिए। उनको बुझाइमा, आगामी चुनावले बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रलाई जीवित र चलायमान बनाउनेछ।

सर्वोच्चको निर्णयप्रति सम्मान

प्रतिनिधि सभा पुनर्बहालीसम्बन्धी सर्वोच्च अदालतको निर्णय कांग्रेसलाई स्विकार्य हुने बताउँदै उनले दलले संवैधानिक सर्वोच्चताको सम्मान गर्नुपर्ने बताए । यसबाट कांग्रेसको संवैधानिक र लोकतान्त्रिक पहिचान बलियो हुने उनको तर्क थियो।

गुरुङका ६ बुँदात्मक सुझाव

गुरुङले पार्टी संगठन र नीतिगत दिशाबारे केही ठोस सुझाव पनि सार्वजनिक गरेका छन् ।

उम्मेदवार छनोटमा नयाँ अनुहार

कांग्रेसले सबै तहका चुनावमा — प्रतिनिधि सभा, प्रदेश सभा, राष्ट्रिय सभा र स्थानीय तह —
अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव।
“राजनीतिक न्याय, सुरक्षा र अवसरको समान वितरण” कांग्रेसभित्र व्यवहारिक रूपमा देखिनुपर्छ, उनले भने।

कार्य सम्पादन समितिमा युवाको आधा प्रतिनिधित्व

कांग्रेसको विधानको धारा २३ अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिमा अहिलेसम्म अवसर नपाएका युवाहरूलाई (५०% पुरुष, ५०% महिला) समावेश गर्नुपर्ने।

संसदीय समितिमा पनि युवा समानता

धारा ३१ को उपधारा १ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिमा पनि समान अनुपातमा नयाँ र युवा सदस्यहरूलाई स्थान दिनुपर्ने सुझाव।

गठबन्धनविनाको निर्वाचन

गुरुङले भने “कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहमा आफ्नै उम्मेदवार लिएर एक्लै चुनाव लड्नुपर्छ।” उनका अनुसार, अन्य दलसँग गठबन्धनले पार्टीको पहिचान र संगठनात्मक आत्मविश्वास कमजोर बनाएको छ।

राष्ट्रिय पदहरूमा लचिलो नीति

तर, राष्ट्रिय सभा, राष्ट्रपति र उपराष्ट्रपति पदका लागि चाहिँ आवश्यकता अनुसार गठबन्धन गर्न सकिने लचिलो नीति राख्न सकिने उनले बताए।

सरकार गठनमा स्पष्ट नीति

गुरुङले प्रस्ताव गरे — कांग्रेसले या त प्रतिनिधि सभामा एकल बहुमत प्राप्त नगरेसम्म सरकार नबनाउने, वा बहुमत नआएमा वैधानिक रूपमा अन्य दलहरूसँग गठबन्धनको व्यवस्था खुला राख्ने निर्णय गर्नुपर्छ।

उनका अनुसार, “मौसम र मूड अनुसार बोल्ने प्रवृत्ति” रोक्नका लागि पार्टीले यसबारे स्पष्ट वैधानिक नीति तय गर्न जरुरी छ।

आत्मसुधारतर्फ कांग्रेस

गुरुङको यो दृष्टिकोणलाई कांग्रेसभित्रका प्रजातान्त्रिक कार्यकर्ताले आत्मसमीक्षा र नयाँ पुस्ता अभिमुख सुधारको आवाजका रूपमा लिएका छन्।
पार्टी भित्रैबाट युवाहरूको सहभागिता र अवसर विस्तारको माग बढ्दो छ, र गुरुङको प्रस्तावले त्यो मागलाई औपचारिक स्वर दिएको छ।

कांग्रेस अहिले सत्ताको गणनाभन्दा बढी, विश्वासको पुनर्निर्माणमा उत्रनुपर्ने समय रहेकेा राजनीतिक विश्लेषकहरू बताउँछन् ।

२०८२ को निर्वाचन कांग्रेसका लागि केवल राजनीतिक परीक्षा होइन, यो लोकतान्त्रिक पुनर्जागरणको अवसर पनि हो। कल्याण गुरुङका सुझावले पार्टीलाई संगठनात्मक नवीनीकरण, नीति–सुस्पष्टता र युवा समावेशितातर्फ ध्यान दिनुपर्ने सन्देश दिएको छ।

अब प्रश्न केवल यही हो  कांग्रेसले यो अवसरलाई आत्मसुधारको मोडमा रूपान्तरण गर्न सक्ला कि फेरि चुनाव नजिकिँदा मात्र ब्युँझिने?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending