Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

देशमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन : संविधानविद् खिमलाल देवकोटा

खबरडबली संवाददाता

काठमाडौं । संविधानविद् तथा नेपाली कम्युनिष्ट पार्टीका नेता खिमलाल देवकोटाले तोकिएको मितिमै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य राष्ट्रिय जिम्मेवारी भएको बताएका छन् । उनले निर्वाचन स्थगित गर्ने वा ढिलाइ गर्ने कुरा कुनै हालतमा सोच्न नहुने भन्दै लोकतान्त्रिक अभ्यासको निरन्तरताका लागि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल कानुन समाजद्वारा मंगलबार राजधानीमा आयोजित ‘प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देवकोटाले भने, “प्रतिनिधि सभा विघटन भइसकेको हो, त्यसलाई पुनर्स्थापना गर्ने माध्यम भनेकै निर्वाचन हो । अहिलेको सरकारले राष्ट्रपतिबाट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ, त्यसैले त्यस मितिबाट दायाँबायाँ सोच्ने ठाउँ नै छैन ।”

उनका अनुसार निर्वाचन कुनै दलको मात्रै विषय होइन, देशको राजनीतिक स्थायित्व र संविधानको कार्यान्वयनसँग प्रत्यक्षरूपमा सम्बन्धित प्रक्रिया हो । “फागुन २१ गते हुने निर्वाचन राष्ट्रपतिले तोकिदिनुभएको मितिमा सम्पन्न गर्नु सरकारले पाएको प्रमुख दायित्व हो । सरकारले यही मितिमा चुनाव गर्ने मन्जुरीसहित पद सम्हालेको हो, त्यसैले अब बहाना होइन, परिणाम देखाउने समय आएको छ,” उनले स्पष्ट गरे ।

नेता देवकोटाले थपे, “निर्वाचनबाट नयाँ प्रतिनिधि सभा गठन गरेर राजनीतिक संक्रमण अन्त्य गर्ने अवसर आएको छ । जनताले मतमार्फत आफ्नो भविष्य निर्धारण गर्ने अधिकार पाएका छन्, त्यसलाई सम्मान गर्न सबै पक्षले इमानदारीका साथ अघि बढ्नुपर्छ ।”

कार्यक्रममा उनले मुलुकलाई दीर्घकालीन राजनीतिक स्थायित्व र स्पष्ट उत्तरदायित्वमा अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली उपयुक्त हुने सुझाव पनि दिए । उनका अनुसार, “अब शासन प्रणाली पनि पुनर्विचार गर्ने बेला आएको छ- शक्ति सन्तुलन र निर्णय क्षमतामा सुधारका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय व्यवस्था विकल्प बन्न सक्छ ।”

देवकोटाको भनाइअनुसार, निर्वाचन लोकतान्त्रिक अभ्यासको मेरुदण्ड हो । निर्धारित मितिमै निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सके मात्र देशले राजनीतिक स्थायित्व, सुशासन र विकासको नयाँ यात्रामा प्रवेश गर्नेछ ।

निर्वाचनको तयारी, मतदाताको सहभागिता र विश्वास जगाउने जिम्मेवारी सबै दल र निकायको काँधमा छ । तोकिएकै मितिमा हुने चुनावले देशलाई स्थिरताको दिशामा लैजाने अपेक्षा नागरिकमा बढ्दै गएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending