काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू यसपटक फ्लडलाइटमा आयोजना हुने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार राति खेल तालिका सार्वजनिक गर्दै लिगका खेलहरू दिउँसो र राति दुवै समयमा सञ्चालन हुने जानकारी दिएको हो ।
तालिकाअनुसार, उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज बीच त्रिवि क्रिकेट रङ्गशालामा मङ्सिर १ गते अपरान्ह ४:०० बजे हुनेछ । केही खेलहरू भने बिहान ११:०० बजेदेखि सुरु हुनेछन् ।
क्यानका अनुसार एनपिएलमा १९ वटा लिग चरणका खेल, तीन वटा प्लेअफ र फाइनलसहितका सबै प्रमुख खेलहरू फ्लडलाइटमा खेलाइने छन् । लिग मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ ।
यसपटक दर्शकले १३ हजार क्षमताको नयाँ प्यारापिटसहितको त्रिवि रङ्गशालामा प्रत्यक्ष रूपमा खेल हेर्न पाउने छन् । रङ्गशालाको मर्मत र फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ ।
एनपिएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी हुने छन् । टोलीहरूले विदेशी खेलाडी र प्रशिक्षक अनुबन्ध गर्ने प्रक्रिया धमाधम जारी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: