दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले खोलाका कारण त्यहाँका बासिन्दाले हरेक वर्ष ठूलो सास्ती भोग्नुपरेको छ। फूलबारीबाट बराखुट्टीसम्म पुग्न स्थानीयहरूले यही खोला नौ पटक तर्नुपर्छ, तर पनि खोलामा पक्की पुल नहुँदा निकै समस्या भएको छ।
स्थानीय बालाराम घर्तीका अनुसार, सो क्षेत्रमा एउटा पनि पक्की पुल छैन। यसका कारण सवारी साधन (गाडी) को आवतजावतमा पनि समस्या हुने गरेको छ। उनका अनुसार, तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य छ स्थानमा पुल निर्माण भएका छैनन्।
झोलुङ्गे पुलहरू बराखुट्टी र गाईखुट्टीको बीचमा, साजखुट्टी र बराखुट्टी जोड्ने स्थानमा तथा अमुवापुरमा गरी तीन स्थानमा मात्र छन्। यी झोलुङ्गे पुलले आवतजावतमा केही सहजता ल्याए पनि अन्य छ वटा स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समयमा स्थानीयलाई निकै समस्या हुने घर्तीको भनाइ छ।
उनले भने, "हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ। तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ।" गिधनियामा सात वर्षअघि निर्माण सुरु गरिएको पुल पनि अलपत्र अवस्थामा छ। अहिले त्यहाँ दुईवटा पिल्लर मात्रै ठडिएका छन् र निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पुल यसरी बीचमै अलपत्र परेपछि स्थानीय भक्तबहादुर बस्नेतले आफूहरू आजित भएको बताए। "बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्," उनले भने, "यसरी त हामी निकै मारमा परेका छौँ।"
यसैबीच, हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ। नगर प्रमुख टिकाराम खड्काका अनुसार उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ र उपमहानगरपालिकाभित्रकै पहिलो 'बक्स पुल' निर्माणका लागि सोही स्थानमा सर्भे भइरहेको छ।
नगर प्रमुख खड्काले उक्त पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको र पुल निर्माण भएपछि मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दालाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: