कैलाली । थारू समुदायको परम्परागत धार्मिक पर्व ‘लवाङ्गी पूजा’ यस वर्ष मङ्सिर ९ गते धुमधामका साथ मनाइने भएको छ ।
पश्चिम तराईको सबैभन्दा ठूलो देउथल घोडाघोडी (घोरीघोरा) मन्दिरमा हुने लवाङ्गी पूजाका अवसरमा तीन दिनसम्म थारू सांस्कृतिक महोत्सव पनि आयोजना गरिने भएको हो । घोडाघोडी नगर भलमन्सा कार्य समिति, सन्त समागम समाज र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा उक्त पूजा तथा महोत्सव सम्पन्न हुनेछ ।
कार्यक्रमको तयारीका लागि १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका संयोजक तथा नगर भलमन्सा कार्य समितिका अध्यक्ष बुधराम चौधरीका अनुसार थारू समुदायको मौलिक संस्कृतिसँग जोडिएको लवाङ्गी पूजाको व्यवस्थापनका लागि तयारी तीव्र पारिएको छ ।
“धेरै वर्षदेखि हामीले पर्यटकीय र धार्मिक दृष्टिले महत्वपूर्ण घोडाघोडी क्षेत्रमा लवाङ्गी पूजा भव्य रूपमा गर्दै आएका छौँ । यस वर्ष पनि पूजालाई व्यवस्थित र भव्य बनाउन मूल समिति बनाएर तयारीमा जुटेका छौँ,” संयोजक चौधरीले भने । “कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाबाट समेत भक्तजनहरूको सहभागिता रहनेछ ।”
उनका अनुसार यो पर्वले थारू समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने, युवा पुस्तामा परम्परा हस्तान्तरण गर्ने र मौलिक कला–संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्देश्य राखिएको छ ।
महोत्सवमा थारू समुदायका झाँकी, बर्कानाच, सखिया, मुङ्ग्रहुवा, कठघोरी लगायतका परम्परागत नृत्य प्रस्तुत गरिनेछ । साथै थारू कलाकारहरूको विशेष प्रस्तुति, परम्परागत परिकारको प्रदर्शन र बजारीकरणसमेत गरिने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् ।
सन्त समागम समाजका अध्यक्ष कप्तान चौधरीका अनुसार पूजा कार्यक्रममा कैलालीका १७३ गाउँका भलमन्सा, गुरुवा र चिराकीहरूको सहभागिता रहनेछ । थारू परम्परा अनुसार नयाँ बाली घरमा भित्र्याएपछि पहिले देवतालाई चढाएर मात्र उपभोग गर्ने चलन रहेको छ। ‘लवाङ्गी’ शब्दको अर्थ नै ‘नयाँ’ भन्ने भएकाले नयाँ अन्न देउतालाई चढाएर मात्र खाने परम्पराका रूपमा यो पूजा प्रचलनमा आएको हो ।
पछिल्ला दुई दशकयता यो पूजा सामूहिक रूपमा घोडाघोडी मन्दिरमा आयोजना हुँदै आएको छ । थारू समुदायको मौलिक संस्कृति र परम्परा झल्काउने यस पूजामा पहाडी समुदायको पनि सहभागिता रहन्छ । पश्चिम नेपालको प्रमुख देवथलका रूपमा चिनिने घोडाघोडी मन्दिर कैलालीको घोडाघोडी नगरपालिकास्थित विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल नजिकै रहेको छ । त्यहाँ लवाङ्गी पूजाका दिन भक्तजनहरूले भाकल पुरा गर्न सुँगुर, कुखुरा, बोका, हाँस आदि बलि दिने परम्परा रहेको स्थानीय यमलाल सापकोटाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: