दोहा । कतारको राजधानी दोहामा आगामी डिसेम्बर ६ र ७ मा दोहा फोरमको २३औँ संस्करण आयोजना हुने भएको छ । ‘कार्यमा न्यायः प्रगतिका लागि प्रतिज्ञा’ भन्ने विषयवस्तुमा केन्द्रित यस फोरमले विश्वभरका राष्ट्र प्रमुखहरू, नीति निर्माताहरू, कूटनीतिज्ञहरू र विज्ञहरूलाई एक मञ्चमा ल्याई शान्ति, सुरक्षा, आर्थिक लचिलोपन तथा प्राविधिक रूपान्तरणजस्ता समसामयिक वैश्विक चुनौतीहरूबारे छलफल गराउने बताइएको छ ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको संरक्षणमा आयोजना हुने दोहा फोरम २०२५ ले कूटनीति र बहुपक्षीय सहयोगप्रतिको कतारको दृढ प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछ । यस वर्षको फोरमले विश्वलाई न्यायपूर्ण, सन्तुलित र दिगो दिशातर्फ अघि बढाउने उपायहरू खोज्ने लक्ष्य लिएको छ ।
दोहा फोरमका कार्यकारी निर्देशक मुबारक अजलान अल–कुवारीले भने, “विश्व तीव्र रूपले परिवर्तन भइरहेका बेला दोहा फोरम संवाद र कूटनीतिका लागि एक तटस्थ तथा समावेशी मञ्च बनेको छ । विविध दृष्टिकोणहरूलाई एउटै स्थानमा ल्याएर हामी आपसी समझदारी र साझा हितमा आधारित दीर्घकालीन समाधान खोज्ने उद्देश्य राख्छौँ ।”
त्यस्तै फोरमकी महाप्रबन्धक महा अल–कुवारीले भने, “दोहा फोरम २०२५ ले न्यायलाई विश्व संवादको केन्द्रमा राख्दैछ—यो केवल एक आदर्शको रूपमा नभई साझा जिम्मेवारीको रूपमा हो । यहाँ हुने छलफलहरूले सहयोग र ठोस परिणाममा रूपान्तरण हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो ।”
अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क र संस्थाहरूसँगको सहकार्यमा तयार पारिएको यस वर्षको कार्यक्रमले द्वन्द्व रोकथाम, आर्थिक सुधार, ऊर्जा सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) शासन र मिडिया अखण्डताजस्ता मुद्दाहरूमा बहुआयामिक छलफल समेट्नेछ ।
फोरमका प्रमुख सत्रहरूमा अमेरिकी मध्यपूर्व रणनीति, सिरियाको सङ्क्रमण, विश्वव्यापी व्यापार पुनर्विचार, आणविक हतियार नियन्त्रण, स्वास्थ्य वित्तपोषणमा साझेदारी, एआईद्वारा आर्थिक रूपान्तरण, अमेरिका–चीन सम्बन्ध र विश्व सहायतामा देखिएका परिवर्तनलगायत महत्त्वपूर्ण विषय समावेश छन् ।
फोरममा राष्ट्र तथा सरकारका प्रमुखदेखि लिएर विदेशमन्त्रीहरू, अन्तर्राष्ट्रिय संस्थानका नेता र विश्व नीति निर्माणमा प्रभाव पार्ने प्रख्यात विज्ञहरू सम्मिलित हुने अपेक्षा गरिएको छ । यस वर्ष १६० भन्दा बढी देशका करिब पाँच हजार प्रतिनिधिले सहभागिता जनाउने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय संवादका लागि विश्वका अग्रणी मञ्चमध्ये एकको रूपमा स्थापित दोहा फोरमले सहकार्य, जवाफदेहिता र साझा विश्वव्यापी प्रगतिलाई अघि बढाउने कूटनीतिक केन्द्रका रूपमा निरन्तर भूमिका निर्वाह गरिरहेको बताइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: