Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अमेरिकी सरकारको लामो शटडाउन अन्त्यतर्फ, स्टपग्याप विधेयक प्रतिनिधि सभातर्फ अघि बढ्यो

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी सरकारको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्यतर्फ अघि बढ्दै गएको छ । सोमबार सिनेटमा स्टपग्याप कोष विधेयक ६०–४० मतले पारित भएपछि देश पुनः सञ्चालनमा फर्किने आशा देखिएको हो ।

यस विधेयकलाई समर्थन गर्न धेरै डेमोक्रेटिक सिनेटरले पार्टीको रेखा तोड्दै रिपब्लिकनहरूसँग मत दिएका थिए । अब यो विधेयक प्रतिनिधि सभामा मतदानका लागि पठाइनेछ, जहाँ रिपब्लिकनहरूको नियन्त्रण रहेको छ ।

अक्टोबर १ बाट सुरु भएको शटडाउनका कारण करिब दश लाख सङ्घीय कामदार बेतलबी बनेका थिए र विभिन्न सरकारी सेवा तथा सुविधा बन्द भएका थिए । हालै हवाई यातायातमा गम्भीर असर परेपछि दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा राजनीतिक दबाब झनै बढेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी हाम्रो देशलाई अब धेरै चाँडै पुनः खोल्नेछौँ । यो सम्झौता निकै राम्रो छ ।”

सिनेटमा मतदानपछि रिपब्लिकन नेता जोन थुनले एक्समा लेखे, “यो अनावश्यक शटडाउनलाई जिम्मेवार तरिकाले अन्त्य गर्न पाउँदा म अत्यन्त सन्तुष्ट छु । यसले सङ्घीय कामदारहरूलाई तुरुन्तै भुक्तानी दिलाउनेछ र सरकार पुनः सञ्चालनमा ल्याउनेछ ।”

रिपब्लिकन विधेयकलाई समर्थन गर्ने डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले पनि एक्समा लेखे, “सबैलाई खाना दिनुहोस् । हाम्रो सेना, सरकारी कर्मचारी र क्यापिटल प्रहरीलाई भुक्तान गर्नुहोस् । विमानस्थलको अराजकता अन्त्य गर्नुहोस् । देश पार्टीभन्दा ठूलो हो ।”

सिनेटबाट विधेयक पारित भएपछि अब यो प्रतिनिधि सभामा पेश हुने तयारी भइरहेको छ । मङ्गलबार राष्ट्रिय बिदा भएकाले बुधबार बिहान चाँडै सभामा छलफल अपेक्षित छ ।

सदनका सभामुख माइक जोनसनले पत्रकारहरूसँग भने, “हाम्रा लामो राष्ट्रिय दुःस्वप्न अन्त्य हुने क्रममा छ । केही डेमोक्रेटहरू अहिले अन्ततः त्यही गर्न तयार देखिन्छन्, जुन रिपब्लिकन र राष्ट्रपति ट्रम्पले हप्तौँदेखि आग्रह गर्दै आउनुभएको थियो ।”

शटडाउनका क्रममा स्थगित गरिएको सदन यस हप्ता पुनः बोलाइने उनले जानकारी दिए ।

– ‘ओबामाकेयर’ विवाद –

सिनेटमा गतिरोधको प्रमुख कारण स्वास्थ्य बीमा कार्यक्रम ‘ओबामाकेयर’ सम्बन्धी अनुदान विस्तार हो । डेमोक्रेटहरूले वर्षको अन्त्यमा सकिने बीमा अनुदानलाई निरन्तरता दिन माग गरेका थिए, तर रिपब्लिकनहरूले सरकार खुलाएपछि मात्र वार्ता गर्न सकिने अडान लिएका थिए ।

यदि अनुदान विस्तार भएन भने ‘ओबामाकेयर’ अन्तर्गत बीमा लिएका लाखौँ अमेरिकीको खर्च दोब्बर हुन सक्छ ।

आइतबार राति भएको सम्झौताअनुसार सरकार जनवरीसम्म पुनः सञ्चालन हुनेछ । केही कार्यक्रम पूरै आर्थिक वर्षका लागि वित्तपोषित हुनेछन् र ट्रम्प प्रशासनले बर्खास्त गरेका केही सङ्घीय कामदारलाई पुनः नियुक्त गरिनेछ ।

यस विधेयकले विशेष गरी चार करोड २० लाखभन्दा बढी न्यून आय भएका अमेरिकीलाई सहयोग पु¥याउने एसएनएपी खाद्य सहायता कार्यक्रमको कोष पुनःस्थापित गर्नेछ ।

सिनेटका बहुमतका नेता जोन थुनले भने, “४० दिनको अनिश्चितता पछि अन्ततः पोषण कार्यक्रम, हाम्रा दिग्गजहरू र अन्य प्राथमिक क्षेत्रहरूले पूर्ण वर्षको कोष पाउने छन् भन्नेमा म खुसी छु ।”

तर स्वास्थ्य बीमा अनुदान विस्तारको सुनिश्चितता अझै नभएको कारण केही डेमोक्रेटहरू असन्तुष्ट देखिएका छन् ।

– डेमोक्रेटभित्र विभाजन –

सम्झौता समर्थन गर्ने आठ डेमोक्रेटमध्येकी सिनेटर जीन साहिनले भने, “सिनेटले लाखौँ अमेरिकीको स्वास्थ्य हेरचाह सुरक्षित गर्ने दिशामा ठूलो कदम चालेको छ ।” उनको भनाइमा यो सम्झौताले अल्पमतमा रहेका डेमोक्रेटहरूलाई पनि स्वास्थ्य हेरचाह विषयमा मतदान आह्वान गर्ने अधिकार दिएको छ ।

तर अनुदान विस्तारको ग्यारेन्टी नभएकाले धेरै डेमोक्क्रेटहरू असन्तुष्ट बनेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले एक्समा लेखे, “दयनीय निर्णय ।”

सिनेटका शीर्ष डेमोक्रेट चक शुमरले भने उक्त उपायलाई अस्वीकार गर्दै भने, “यो प्रस्तावले स्वास्थ्य सेवा सङ्कटलाई समाधान गर्न सक्दैन । हाम्रो लडाइँ जारी रहनेछ ।”

उनको कमजोर नेतृत्वका कारण पार्टी एकताबद्ध हुन नसकेको भन्दै केही सांसदहरूले शुमरको आलोचना गरेका छन् । म्यासाचुसेट्सका प्रतिनिधि सेठ मौल्टनले भने, “आज राति फेरि प्रमाणित भयो कि हामीलाई नयाँ नेतृत्व किन आवश्यक छ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: