Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

अमेरिकी सरकारको लामो शटडाउन अन्त्यतर्फ, स्टपग्याप विधेयक प्रतिनिधि सभातर्फ अघि बढ्यो

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी सरकारको इतिहासकै सबैभन्दा लामो शटडाउन अन्त्यतर्फ अघि बढ्दै गएको छ । सोमबार सिनेटमा स्टपग्याप कोष विधेयक ६०–४० मतले पारित भएपछि देश पुनः सञ्चालनमा फर्किने आशा देखिएको हो ।

यस विधेयकलाई समर्थन गर्न धेरै डेमोक्रेटिक सिनेटरले पार्टीको रेखा तोड्दै रिपब्लिकनहरूसँग मत दिएका थिए । अब यो विधेयक प्रतिनिधि सभामा मतदानका लागि पठाइनेछ, जहाँ रिपब्लिकनहरूको नियन्त्रण रहेको छ ।

अक्टोबर १ बाट सुरु भएको शटडाउनका कारण करिब दश लाख सङ्घीय कामदार बेतलबी बनेका थिए र विभिन्न सरकारी सेवा तथा सुविधा बन्द भएका थिए । हालै हवाई यातायातमा गम्भीर असर परेपछि दैनिक एक हजारभन्दा बढी उडान रद्द हुँदा राजनीतिक दबाब झनै बढेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी हाम्रो देशलाई अब धेरै चाँडै पुनः खोल्नेछौँ । यो सम्झौता निकै राम्रो छ ।”

सिनेटमा मतदानपछि रिपब्लिकन नेता जोन थुनले एक्समा लेखे, “यो अनावश्यक शटडाउनलाई जिम्मेवार तरिकाले अन्त्य गर्न पाउँदा म अत्यन्त सन्तुष्ट छु । यसले सङ्घीय कामदारहरूलाई तुरुन्तै भुक्तानी दिलाउनेछ र सरकार पुनः सञ्चालनमा ल्याउनेछ ।”

रिपब्लिकन विधेयकलाई समर्थन गर्ने डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानले पनि एक्समा लेखे, “सबैलाई खाना दिनुहोस् । हाम्रो सेना, सरकारी कर्मचारी र क्यापिटल प्रहरीलाई भुक्तान गर्नुहोस् । विमानस्थलको अराजकता अन्त्य गर्नुहोस् । देश पार्टीभन्दा ठूलो हो ।”

सिनेटबाट विधेयक पारित भएपछि अब यो प्रतिनिधि सभामा पेश हुने तयारी भइरहेको छ । मङ्गलबार राष्ट्रिय बिदा भएकाले बुधबार बिहान चाँडै सभामा छलफल अपेक्षित छ ।

सदनका सभामुख माइक जोनसनले पत्रकारहरूसँग भने, “हाम्रा लामो राष्ट्रिय दुःस्वप्न अन्त्य हुने क्रममा छ । केही डेमोक्रेटहरू अहिले अन्ततः त्यही गर्न तयार देखिन्छन्, जुन रिपब्लिकन र राष्ट्रपति ट्रम्पले हप्तौँदेखि आग्रह गर्दै आउनुभएको थियो ।”

शटडाउनका क्रममा स्थगित गरिएको सदन यस हप्ता पुनः बोलाइने उनले जानकारी दिए ।

– ‘ओबामाकेयर’ विवाद –

सिनेटमा गतिरोधको प्रमुख कारण स्वास्थ्य बीमा कार्यक्रम ‘ओबामाकेयर’ सम्बन्धी अनुदान विस्तार हो । डेमोक्रेटहरूले वर्षको अन्त्यमा सकिने बीमा अनुदानलाई निरन्तरता दिन माग गरेका थिए, तर रिपब्लिकनहरूले सरकार खुलाएपछि मात्र वार्ता गर्न सकिने अडान लिएका थिए ।

यदि अनुदान विस्तार भएन भने ‘ओबामाकेयर’ अन्तर्गत बीमा लिएका लाखौँ अमेरिकीको खर्च दोब्बर हुन सक्छ ।

आइतबार राति भएको सम्झौताअनुसार सरकार जनवरीसम्म पुनः सञ्चालन हुनेछ । केही कार्यक्रम पूरै आर्थिक वर्षका लागि वित्तपोषित हुनेछन् र ट्रम्प प्रशासनले बर्खास्त गरेका केही सङ्घीय कामदारलाई पुनः नियुक्त गरिनेछ ।

यस विधेयकले विशेष गरी चार करोड २० लाखभन्दा बढी न्यून आय भएका अमेरिकीलाई सहयोग पु¥याउने एसएनएपी खाद्य सहायता कार्यक्रमको कोष पुनःस्थापित गर्नेछ ।

सिनेटका बहुमतका नेता जोन थुनले भने, “४० दिनको अनिश्चितता पछि अन्ततः पोषण कार्यक्रम, हाम्रा दिग्गजहरू र अन्य प्राथमिक क्षेत्रहरूले पूर्ण वर्षको कोष पाउने छन् भन्नेमा म खुसी छु ।”

तर स्वास्थ्य बीमा अनुदान विस्तारको सुनिश्चितता अझै नभएको कारण केही डेमोक्रेटहरू असन्तुष्ट देखिएका छन् ।

– डेमोक्रेटभित्र विभाजन –

सम्झौता समर्थन गर्ने आठ डेमोक्रेटमध्येकी सिनेटर जीन साहिनले भने, “सिनेटले लाखौँ अमेरिकीको स्वास्थ्य हेरचाह सुरक्षित गर्ने दिशामा ठूलो कदम चालेको छ ।” उनको भनाइमा यो सम्झौताले अल्पमतमा रहेका डेमोक्रेटहरूलाई पनि स्वास्थ्य हेरचाह विषयमा मतदान आह्वान गर्ने अधिकार दिएको छ ।

तर अनुदान विस्तारको ग्यारेन्टी नभएकाले धेरै डेमोक्क्रेटहरू असन्तुष्ट बनेका छन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले एक्समा लेखे, “दयनीय निर्णय ।”

सिनेटका शीर्ष डेमोक्रेट चक शुमरले भने उक्त उपायलाई अस्वीकार गर्दै भने, “यो प्रस्तावले स्वास्थ्य सेवा सङ्कटलाई समाधान गर्न सक्दैन । हाम्रो लडाइँ जारी रहनेछ ।”

उनको कमजोर नेतृत्वका कारण पार्टी एकताबद्ध हुन नसकेको भन्दै केही सांसदहरूले शुमरको आलोचना गरेका छन् । म्यासाचुसेट्सका प्रतिनिधि सेठ मौल्टनले भने, “आज राति फेरि प्रमाणित भयो कि हामीलाई नयाँ नेतृत्व किन आवश्यक छ ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending