Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पुटिनको भारत भ्रमणका लागि रुस ‘सक्रिय तयारी’ मा, वर्षअन्त्यअघि हुने सम्भावना

खबरडबली संवाददाता

मस्को । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी भारत भ्रमणका लागि ‘सक्रिय रूपमा तयारी’ गरिरहेको क्रेमलिनले जनाएको छ । सरकारी समाचार एजेन्सी तासका अनुसार यो उच्चस्तरीय भ्रमण सन् २०२५ को अन्त्य अघि सम्पन्न हुने अपेक्षा गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राज्य सञ्चालित सञ्चार माध्यम ताससँग कुरा गर्दै भने, “हामी अहिले राष्ट्रपति पुटिनको भारत भ्रमणका लागि सक्रिय रूपमा तयारी गरिरहेका छौँ । यो भ्रमण यस वर्षको अन्त्यअघि सम्पन्न हुने योजना छ र हामीलाई विश्वास छ कि यो एक अत्यन्त अर्थपूर्ण भ्रमण हुनेछ ।”

भारतीय मिडियामा प्रकाशित रिपोर्टहरूमा उल्लेख भएअनुसार, आगामी डिसेम्बरमा दुवै देशबीच श्रम गतिशीलता सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ । सो विषयमा सोधिएको प्रश्नमा पेस्कोभले भने, “हामी अहिले नै कुनै पनि सम्झौता सार्वजनिक गर्न चाहँदैनौँ । सबै कुरा उचित समयमा घोषणा गरिनेछ ।”

स्थानीय मिडियाका रिपोर्टहरूका अनुसार प्रस्तावित श्रम सम्झौताले भारतीय नागरिकहरूलाई रूसी श्रम मन्त्रालयको प्रत्यक्ष निरीक्षणमा रहेको कोटा प्रणालीअन्तर्गत आधिकारिक रूपमा रूसमा दीर्घकालीन रूपमा काम गर्ने अवसर उपलब्ध गराउनेछ ।

राष्ट्रपति पुटिनको भारत भ्रमणले सन् २०२१ पछि उनको पहिलो भारत यात्रा हुने अपेक्षा गरिएको छ । यसअघि उहाँ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसै वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको साइडलाइनमा व्यक्तिगत भेटवार्ता भएको थियो ।

भारत र रुसबीच सन् २००० को अक्टोबर ३ मा ‘रणनीतिक साझेदारी सम्झौता’ मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीचको राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धलाई बलियो आधार प्रदान गरेको मानिन्छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भारतसँगको व्यापार वार्ता ‘सकारात्मक दिशामा अघि बढिरहेको’ बताएका छन् । उनले भारतले आफ्नो रूसी तेल आयातमा कटौती गरेको दाबी पनि दोहो¥याएका छन् ।

भारतका लागि अमेरिकी राजदूतका रूपमा सर्जियो गोरको शपथ ग्रहण समारोहमा बोल्दै ट्रम्पले भने, “हामी भारतसँग नयाँ व्यापार सम्झौतामा काम गरिरहेका छौँ । अहिले कुरा केही कठिन देखिन्छ, तर अन्ततः यो दुवै देशका लागि लाभदायी सम्झौता हुनेछ भन्ने म विश्वस्त छु । प्रधानमन्त्री मोदीसँग मेरो निरन्तर सम्पर्क रहँदै आएको छ र हामी दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध छौँ ।”

ट्रम्पले भने, “भारतसँगको हाम्रो सम्बन्ध पहिलेको भन्दा धेरै फरक र मजबुत हुनेछ । उनीहरू उत्कृष्ट वार्ताकारहरू हुन्, त्यसैले सर्जियो ९गोर०ले यो प्रक्रियामा ध्यान दिनुपर्छ । मलाई विश्वास छ, हामी सबैका लागि न्यायसङ्गत सम्झौता गर्न धेरै नजिक छौँ ।”

गत हप्ता राष्ट्रपति ट्रम्पले सम्भवतः सन् २०२६ को सुरुआतमा भारत भ्रमण गर्ने योजना रहेको खुलासा गरेका थिए । पुटिन र मोदीबीचको आगामी भेटले भारत–रूस सम्बन्धमा नयाँ अध्यायको सुरुआत गर्ने अपेक्षा गरिएको छ । विशेषतः ऊर्जा, सुरक्षा र श्रम सहयोगका क्षेत्रमा दुवै पक्षले दीर्घकालीन साझेदारीलाई अझ गहिरो बनाउने लक्ष्य राखेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: