Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ । बङ्गलादेशका सरकारी अभियोजनकर्ताहरूले मङ्गलबार यसबारे जानकारी दिएका हुन् ।

गत महिना मुद्दा सुनुवाइ सकिएपछि फैसलाको मितिबारे केही भ्रम उत्पन्न भएको थियो । अदालतले नोभेम्बर १३ का लागि नयाँ सुनुवाइको मिति तोकेको छ, जसमा फैसला सुनाउने मिति घोषणा गरिने अपेक्षा गरिएको छ ।

बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका अभियोजक गाजी मनोवर हुसेन तमीमले भने, “बिहीबारको सुनुवाइको उद्देश्य केवल फैसलाको मिति घोषणा गर्नु हो । हाम्रो अघिल्ला अनुभवका आधारमा अदालतले अन्तिम फैसला सुनाउन थप एक हप्ता समय लिन सक्छ । नोभेम्बर १३ मा अदालतले फैसला सुनाउने मिति तोक्ने तयारी गरेको छ ।”

सन् २०२४ अगस्टमा भएको घातक विद्रोहपछि शेख हसिनाको सरकार अपदस्थ भएको थियो । लामो समयदेखि सत्तामा रहेकी हसिनाको पतनसँगै बङ्गलादेश राजनीतिक अस्थिरतामा डुबेको छ । आगामी सन् २०२६ फेब्रुअरीमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटनाहरू तीव्र बन्दै गएका छन् ।

७८ वर्षीया हसिनामाथि विद्यार्थी नेतृत्वमा भएको आन्दोलनलाई दबाउने क्रममा घातक दमनको आदेश दिएको आरोप लगाइएको छ । भारतमा निर्वासनमा रहेकी उनी अदालतको उपस्थितिको आदेश उल्लङ्घन गर्दै अनुपस्थित रहेको थियो ।

सन् २०२४ को जुन १ मा सुरु भएको उक्त मुद्दाको सुनुवाइमा सयौँ साक्षीको बयान लिइएको थियो । अभियोजन पक्षका अनुसार हसिनाले सामूहिक हत्याको आदेश दिनुका साथै आन्दोलन रोक्न असफल भएर मानवताविरुद्धको अपराध गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्मका बीचमा भएको हिंसामा झण्डै एक हजार ४०० जनाको मृत्यु भएको थियो । अभियोजकहरूले पाँचवटा प्रमुख आरोप दर्ता गरेका छन्, जसमा हत्या रोक्न असफल हुनु, मानवताविरुद्धका अपराध र राजनीतिक दमनलाई उक्साउने कार्य समेत समावेश छन् । दोषी ठहरिए हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।

शेख हसिनाले भने सबै आरोप अस्वीकार गर्दै आफ्नो मुद्दालाई ‘न्यायिक प्रणालीमाथिको मजाक’ को संज्ञा दिएको छ । उनका सह–अभियुक्तहरूमा तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी महानिर्देशक चौधरी अब्दुल्ला अल–मामुन रहेको छ । कमल हाल फरार छन् भने अल–मामुन हाल हिरासतमा छन् । अल–मामुनविरुद्धको फैसला पहिले नै सुनाइसकिएको छ ।

हसिनाको प्रतिबन्धित राजनीतिक दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेको छ, जसका कारण बङ्गलादेशभर सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

राजनीतिक तनाव चुलिँदै गएको बङ्गलादेशमा अब सबैको ध्यान अदालतले शेख हसिनाविरुद्धको ऐतिहासिक फैसला कहिले र कस्तो दिने भन्ने विषयतर्फ केन्द्रित भएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE