काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले आसन्न महाधिवेशनबाट युवा पुस्तालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विद्यार्थी नेताहरुसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले पार्टीको भावी यात्रामा युवाहरूलाई जिम्मेवारीपूर्ण भूमिकामा अघि सार्ने योजना रहेको स्पष्ट पारे । उनले भने, “आगामी महाधिवेशनबाट युवाहरूलाइ नै प्राथमिकतामा राख्नेछौँ । नयाँ पुस्ताले नै पार्टीको रूपान्तरण र राष्ट्रको पुनर्निर्माणको नेतृत्व गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”
उनले हालको पार्टी एकता विगतका अस्थायी एकताभन्दा फरक र दिगो हुने दाबी पनि गरे । प्रचण्डका अनुसार, “विगतमा नेतृत्वले सही समयमा सही दिशा लिन नसकेका कारण नेकपा अपेक्षित रूपमा अगाडि बढ्न सकेन । अहिलेको एकता भने सिद्धान्त र दूरदृष्टिमा आधारित भएकाले यो दीर्घकालीन हुनेछ ।”
जेनजी आन्दोलनको सन्देशले आफूहरूमा नयाँ चेतना र दिशानिर्देश दिएको उल्लेख गर्दै प्रचण्डले पार्टीले त्यसकै आधारमा नयाँ विचार र कार्यशैली अपनाउने बताए । “जेनजी आन्दोलनले युवा पुस्तामा परिवर्तनको तीव्र चाहना जगाएको छ । हाम्रो पार्टी त्यसलाई आत्मसात गरेर रुपान्तरण हुँदैछ,” उनले भने ।
प्रचण्डले अहिले राष्ट्र र जनताको विरोधमा प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै ती शक्तिहरूको षड्यन्त्रलाई जनस्तरबाटै परास्त गर्नुपर्नेमा जोड दिए । उनका शब्दमा, “पार्टीहरूलाई कमजोर पारेर राष्ट्रलाई उपनिवेश बनाउन खोज्ने एकथरी तत्व सक्रिय छन् । यस्तो अवस्थामा युवा र विद्यार्थी वर्गले अग्रपंक्तिमा उभिनुपर्छ ।”
उनले राष्ट्र र जनआन्दोलनलाई जोगाउन पार्टीले गाउँ–गाउँ, टोल–टोल र कलेज–कलेजसम्म संगठनात्मक शक्ति विस्तार गर्ने योजना अघि सारिरहेको बताए । “राष्ट्र बचाउन र आन्दोलनको संरक्षण गर्नका लागि हामीले शक्ति बनाउने सोच्दैछौँ । गाउँ–गाउँमा, टोल–टोलमा, विद्यालय–कलेजमा हामी प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध संगठित शक्ति निर्माण गर्ने तयारीमा छौँ,” प्रचण्डले भने ।
त्यस अवसरमा उनले नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै आगामी रूपान्तरणमा पनि विद्यार्थीहरू नै अगुवा बन्ने विश्वास व्यक्त गरे । “नेपालमा प्रगतिशील विचारको जग विद्यार्थी आन्दोलनले नै तयार गरेको हो । विगतदेखि नै हामीले त्यसको योगदान अनुभव गरेका छौँ । अब पनि परिवर्तनको आधार यही ऊर्जा र चेतनाबाट निर्माण हुनेछ,” उनले भने ।
अन्त्यमा प्रचण्डले पार्टीको नयाँ अभियानमा युवा र विद्यार्थीहरूलाई केन्द्रमा राखी संगठन सुदृढीकरण, विचारात्मक स्पष्टता र राजनीतिक रूपान्तरणलाई मुख्य कार्यसूची बनाइने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: