Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

महाधिवेशन र निर्वाचन केन्द्रमा कांग्रेस: एक सय ३५ नेताले राखे धारणा, छलफल अझै जारी

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा एक सय ३५ जना नेताले विभिन्न राजनीतिक र संगठनात्मक विषयमा धारणा राखेका छन् । 

नियमित महाधिवेशनदेखि लिएर आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्मका विषयमा केन्द्रित छलफल तीव्र रूपमा जारी रहेको पार्टीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकमा सहभागी नेताहरूले पार्टीभित्रको नेतृत्व सुदृढीकरण, आन्तरिक एकता, गठबन्धनको भविष्य, विशेष महाधिवेशनको सम्भावना, उम्मेदवार छनोट प्रक्रिया, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिलगायत करिब दस वटा एजेन्डामा विस्तृत बहस गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा अहिलेसम्म १३५ जनाले बोलेका छन् । उनले भने, “बैठकमा नेताहरूले क्रमशः धारणा राखिरहनुभएको छ । भोलि बिहान साढे ११ बजे पुनः बैठक बोलाइएको छ । सम्भवतः भोलिसम्म बोल्ने क्रम पूरा होला ।”

पार्टी स्रोतका अनुसार, नेताहरूबीच विशेष महाधिवेशन आवश्यक छ कि छैन भन्ने विषयमा फरक मत देखिएको छ । केही नेताहरूले संगठन पुनःसंरचना र नीति पुनरावलोकनका लागि विशेष महाधिवेशन जरुरी रहेको धारणा राखेका छन् भने केहीले नियमित महाधिवेशनमै सबै प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवविक्रम शाह, प्रकाश रसाइली (स्नेही), भीम पराजुली र गोमाकुमारी भट्टराईलगायत नेताहरूले धारणा राखेका थिए ।

बैठकमा सहभागी धेरै नेताहरूले कांग्रेसले आगामी निर्वाचनमा पार्टीको पहिचान मजबुत बनाउन युवा र महिला नेतृत्वको भूमिकालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनीहरूले सरकारको कामकारबाही, गठबन्धनमा देखिएका असन्तुष्टि र संगठनभित्रको समायोजनबारे पनि स्पष्ट दिशानिर्देश आवश्यक रहेको औंल्याएका छन् ।

कांग्रेसको बैठक बुधबार बिहान साढे ११ बजे पुनः बस्नेछ । सो बैठकमा बाँकी नेताहरूले धारणा राखेपछि महासमिति बैठक र निर्वाचन तयारीबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE