कावासोती। पूर्वी नवलपरासीका आठ स्थानीय तहमा कार्यरत अस्थायी र करार गरी १७८ जना कर्मचारीलाई हटाइएको छ । आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरवलोकन तथा योजना मापदण्ड निर्माणका विषयमा अध्ययन गर्न बनेको कार्यदल र सरकारको निर्णयले अस्थायी र करार कर्मचारीलाई हटाइएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्रसुनारी मगरले बताए । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, बुलिङटार, बौदीकाली, हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकाका १७८ कर्मचारी अस्थायी र करार प्रकृतिका रहेको र उनीहरू सबैलाई जागिरबाट हटाइएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए ।
पालिकाहरूले अस्थायी र करार कर्मचारीको अभिलेख तयार गरिरहेको अवस्थामा सरकारले समेत अस्थायी र करार कर्मचारी कामबाट हटाउन निर्देशन दिएपछि ती कर्मचारीलाई हटाइएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । सरकारले अस्थायी र करार कर्मचारी हटाउन देशभरकै स्थानीय तहलाई निर्देशन गरेपछि पालिकाहरूले भर्ती गरेका अस्थायी र करार कर्मचारी सबै हटाइएको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए।
यसअघिका पालिका प्रमुखहरूले मनोमानि ढङ्गबाट करार र अस्थायी पद सिर्जना गरी जथाभावी कर्मचारी राख्न थालेपछि अहिले चुलिएको विवादका कारण अस्थायी र करार रूपमा रहेको पशु, कृषि, कार्यालय सहायक र अन्य कर्मचारी गरी पूर्वी नवलपरासीमा मात्रै यति ठुलो सङ्ख्यामा जागिर गुमाउने रहेको बौदीकाली गाउँपालिकाका पूर्वअध्यक्ष दुर्गाबहादुर रानामगरले बताए। पालिकाले आफैँ दरबन्दी सिर्जना गरेर कर्मचारी जथाभावी राख्न थालेपछि पूर्वी नवलपरासीमा अहिले कर्मचारी भर्ना तथा नियुक्ति प्रक्रियाको छानबिन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - ११:०९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...
पौष १५ गते, २०८२ - १०:५५
रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...




प्रतिकृया लेख्नुहोस्: